Latest News

कांग्रेसबाट ललितपुरको मेयरमा चिरिबाबुले गराए मनोनयन पत्र दर्ता, को हुन् उनी ?

Nepalese Times April 25, 2022 (2 Year ago)    446 Views

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपाली कांग्रेसका तर्फबाट मनोनयन पत्र दर्ता गरेका छन्।जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले महानगर प्रमुखमा मनोनयन दर्ता गरेका हुन्।

कांग्रेसले ललितपुर महानगरपालिकाको प्रमुखमा महर्जनलाई दोहोर्याउने निर्णय गरेको थियो।२०७४ को स्थानीय तह निर्वाचनमा उनी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३२६ मतले पराजित गर्दै महानगर प्रमुख बनेका थिए।

महर्जनले २४ हजार ६४२ मत ल्याउँदा व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए।

को हुनु चिरिबाबु महजर्नन ?

ललितपुरका मेयर चिरिबाबु महर्जन हुनेखाने र उच्च वर्गका होइनन् भन्ने त उनको लवाइखवाईले नै देखाउँछ । किनकी उनीमा कुनै तडकभडक नै छैन । जागीरको सिलिसिलामा त्रिभुवन विमानस्थल निर्माणका क्रममा क्यानेडियन प्रोजेक्टको म्यानेजर समेत भएका चिरीबाबु महर्जनसँग अहिले आर्थिक स्थिति कमजोर भने छैन । तर जीवनशैली भने साधारण छ । पुरानो भएर मक्कीएको ढाकाटोपीले अहिले पनि शीर सजाएर हिँड्छन् चिरीबाबु । किनकी उनको जीवन पुर्णरुपमा संघर्षले भरिएको छ र उनलाई पैसाको महत्व राम्रोसँग थाहा छ ।

उनको कांग्रेस पार्टीसँगको आवद्धता भने रोचक छ । अहिलेको स्थानीय चुनावमा ललितपुरको १० नम्बर वडामा स्वतन्त्र उमेदवार बनेर वडाध्यक्ष जितेका नरसिंह ब्यञ्जनकारले नै चिरीबाबुलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

०४९ सालको चुनावमा नरसिहंलाई वडाध्यक्षको उमेदवारी दिन पार्टीले नमानेपछि उनले राजीनामा दिएका थिए । त्यसपछि अहिलेसम्म नरसिंह भने स्वतन्त्र नै रहँदै आएका छन् । ०४९ सालमा भने वडा नम्बर २ मा वडाध्यक्षको रुपमा कांग्रेसले चिरीबाबुलाई उठायो । र उनले जित हासिल पनि गरे ।

चिरीबाबुले २०५९ सालमा ज्यापु समाज स्थापना गरे । २०५९ देखि ६२ सम्म उनी ज्यापु समाजका अध्यक्ष थिए । पढाइमा लगाव राख्ने चिरीबाबु स्कुले जीवनमा कहिल्यै पनि दोस्रो भएनन् । त्रिपद्म मावि ललितपुरमा कक्षा १ देखि १० कक्षासम्म पढ्दा उनी जहिले पनि पहिलो नै भए । कलेजका परीक्षामा पनि उनले कहिले असफलता भोग्नु परेन ।

जनतन गरेर स्कुलको पढाइ सकेका चिरीबाबुलाई कलेज कसरी पढ्ने भनेर चिन्ता थियो । आर्थिक अवस्था कमजोर भएकाले जागीर गर्नु उनलाई बाध्यता भयो । त्यसैले राष्ट्रिय शिक्षा समितिमा उनले खरिदारको जागीर खाए ।

पढाईमा मात्रै होइन चुनावमा पनि उनले अहिलेसम्म हार खेप्नु परेको छैन । अहिले मेयर बनेका चिरीबाबुले यसअघि नै वडा नम्बर ३ बाट ३ पटक वडाध्यक्ष जितिसकेका छन् ।

राजनीतिक यात्रा भने उनले २०३८ सालदेखि थालेका हुन् । उनी २०३८ सालमा कुनै दलमा आबद्ध भने भएका थिएनन् । सुधारिएको पञ्चायत आएपछि २०३८ मा उनी वडाअध्यक्ष उठे । जसमा उनले सहजै जित हासिल गरे ।

प्रतिक्रिया दिनुहोस