Latest News

कांग्रेस परित्याग गरेकी रुना झालाई एमालेले बनायो उपमेयरको उम्मेदवार

Nepalese Times April 25, 2022 (1 Year ago)    649 Views

काठमाडौं । पार्टीभित्र असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस परित्याग गरेकी रूना झालाई नेकपाएमालेले उपमेयरको उम्मेदवार बनाएको छ। जनकपुरमा उपमेयरको टिकट नपाएपछि उनले कांग्रेस पार्टी परित्याग गरेकी थिइन् ।

कांग्रेस परित्याग गरेकी उनलाई एमाले नेतृ जुली महतोले पार्टी प्रवेश गराएकी थिइन्। योसँगै नेपाली कांग्रेसको प्रदेश समिति सदस्य झाले पदबाट राजीनामा दिएर एमाले प्रवेश गरेकी थिइन्।

यसअघि गठबन्धनले जनकपुरको मेयरमा जसपालाई दिने निर्णय गरेपछि कांग्रेस नगर सभापति मनोज साहले पार्टी छाडेर स्वातन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको भागमा परेको उपमेयरमा किशोरी साहलाई उम्मेदवार बनाएको छ।

यस्तै नेपाली काँग्रेसको तर्फबाट मेयरमा चुनाव लड्न प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पदबाट राजीनामा दिएका गोविन्द शाहले टिकट पाएनन् । धनुषाको विदेह नगरपालिकाको मेयर पदमा चुनाव लड्न उनले एसएसपीबाट राजीनामा दिएका थिए ।

तर, नेपाली काँग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराउँछु’ पूर्व एसएसपी शाहले भने–‘जनाधार नभएको व्यक्तिलाई टिकट दिने निर्णय भएको छ, त्यसैले मेरो जित सुनिश्चित छ ।

मेयर पदमा साहसँगै योगेन्द्र यादवको नाम सिफारिस भएको थियो । काँग्रेसले योगेन्द्र यादवलाई मेयरको टिकट दिने निर्णय गरेको छ । एसएसपी साहले दिएको राजीनामा गत फागुन १० गते स्वीकृत भएको थियो । २०४९ चैतमा इन्स्पेक्टरबाट शाह प्रहरीमा प्रवेश गरेका थिए । २९ वर्ष सेवा अवधि पुरा गरेर उनी राजनीतिको मैदानमा गएका हुन् ।

यस्तै आमाको मृत्युमा शोकमा रहेका भिमलाल अधिकारीले नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयरमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् । एमाले नवलपुरका सचिवसमेत रहेका अधिकारीको आमा वितेको ५ दिन मात्रै भएको छ ।

उपमेयर उम्मेदवार, वडा अध्यक्ष, सदस्य लगायतको कार्यकर्ताहरुको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय पुगेर अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस