Latest News

किरियापुत्रीले गरे मेयरमा उम्मेदवारी दर्ता

Nepalese Times April 25, 2022 (1 Year ago)    762 Views

आमाको मृत्युमा शोकमा रहेका भिमलाल अधिकारीले नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयरमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् । एमाले नवलपुरका सचिवसमेत रहेका अधिकारीको आमा वितेको ५ दिन मात्रै भएको छ ।

उपमेयर उम्मेदवार, वडा अध्यक्ष, सदस्य लगायतको कार्यकर्ताहरुको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय पुगेर अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेबाट नगरपालिकाको उपमेयर पदमा पूर्णकला महतो, वडा अध्यक्षहरुमा क्रमशः वडा नं। १ मा रामकुमार पुरी, २ मा रामभक्त अधिकारी, ३ मा मान बहादुर महतो, ४ मा डिल्लिराम महतो, ५ मा गणेश पाठक, ६ मा लक्ष्मण पाठकले उम्मेदवारी दिएका छन् ।

यस्तै वडा नं‍. ७ मा मधुबिलास अधिकारी, ८ बीरेन्द्र चौधरी, ९ मा हिमाल सिं ठकुरी, १० मा रण बहादुर थापा, ११ मा कमल बकबल, १२ मा कान्ता कुमाल, १३ मा अर्जुन पंगेनी, १४ मा मिन बहादुर दर्लामी र १५ मा यम बहादुर केसीले मनोनयन दर्ता गराएका छन् ।

यस्तै आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयनको आज दोस्रो र अन्तिम दिन हो । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने कार्यतालिका बनाएको छ । ठुला राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनका लागि काठमाडौँ उपत्यकामा सोमबार मात्रै उम्मेदवारी दर्ता गराउँदैछन् ।

विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा एक दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको र केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नुपरेकाले उम्मेदवारको मनोनयन दुई दिन राख्न राजनीतिक दल तथा सरोकारवालाबाट प्राप्त सुझावका आधारमा आइतबार र सोमबार मनोनयन दर्ता गर्ने कार्यक्रम बनाइएको आयोगको प्रष्टीकरण छ ।

यस्तै काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापितले उम्मेदवारी दिएका छन् । यस्तै उपमेयरमा सुनिता डंगोलले आफ्नो मनोनयन दर्ता गराएकी छिन् ।

काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार पुगेर स्थापित र डंगोलले उम्मेदवारी दिएका हुन्। २०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपालि फेरि अघि सारेको हो। बागमती प्रदेश सांसद समेत रहेका उनी बागमती प्रदेशका पूर्व भौतिक मन्त्रीसमेत हुन्। यस्तै पूर्व मिस नेवा डंगोललाई एमालेले उपमेयर बनाएको हो।

प्रतिक्रिया दिनुहोस