Latest News

काठमाडौंका ८ वटा नगरपालिकामा कांग्रेसबाट को–को उम्मेदवार ? (सूचीसहित)

Nepalese Times April 25, 2022 (2 Year ago)    1153 Views

सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं जिल्लाका ८ वटा नगरपालिकाको प्रमुख/उपप्रमुखका उम्मेदवारको नाम टुंगो लगाएको छ। बागमती प्रदेश संसदीय समितिको बैठकले काठमाडौंका ८ वटै नगरका उम्मेदवार टुंगो लगाएको हो।

बागमती प्रदेश कमिटीका मुख्य सचिव राजु पौडेलका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा उपेन्द्र कार्की, गोकर्णेश्वरमा प्रमुख दीपक रिसाल, उप–प्रमुखमा शान्ति नेपाल, चन्द्रागिरीमा प्रमुख घनश्याम गिरी, उपप्रमुखमा यमुनादेवी श्रेष्ठ, तारकेश्वरको प्रमुखमा कृष्णहरि महर्जन र श्रृजना वुर्लाकोटी, दक्षिणकाली नगरपालिकाको प्रमुखमा मोहन बस्नेत र उपप्रमुखमा वसन्ती तामाङलाई उम्मेदवार बनाएको छ।

त्यस्तै, नागार्जुन नगरपालिकाको प्रमुखमा मोहनबहादुर बस्नेत र उपप्रमुखमा कल्याणी खड्का, बूढानीलकण्ठको प्रमुखमा विनोद चालिसे, उपप्रमुख बाँकी छ।

त्यस्तै शंकरापुर नगरपालिकाको प्रमुखमा ओम कार्की र उपमेयर समिता श्रेष्ठलाई उम्मेदवार बनाउने प्रदेश समितिले निर्णय गरेको छ। कागेश्वरी मनोहरा नगरपालिकाको उपप्रमुखमा पनि टुंगो लाग्न बाँकी छ।

यस्तै कांग्रेसले काठमाडौँ महानगरपालिकाको प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ।

उनले सोमबार दिउँसो १ बजेपछि मनोनयन दर्ताको तयारी गरेको छन् ।

 

प्रतिक्रिया दिनुहोस