Latest News

ज्वालामुखीको अध्यक्षमा एमालेबाट हरिराम लोहनीले पाए टिकट

Nepalese Times April 25, 2022 (2 Year ago)    790 Views

धादिङ । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको काम देशभर भइरहेको छ । बैशाख ३० गतेका लागि तय भएको चुनावका लागि एमालेबाट ज्वालामुखी गाउँपालिकाको अध्यक्षको उम्मेदवार हरिराम लोहनीलाई बनाउने भएको छ ।

नेकपा एमालेले जिल्ला कमिटी उपसचिव हरिराम लोहनीलाई ज्वालामुखीको अध्यक्षको उम्मेदवार बनाउने एमालेको औपचारिक निर्णयसँगै उनले मनोनयन दर्ताको तयारी गरेका छन् ।

एमाले विभाजित हुनुभमन्दा पहिले नेकपा एमालेको पकड क्षेत्र मानिएको धादिङको ज्वालामुखी गाउँपालिकामा एमालेले कसलाई उम्मेदवार बनाउला भन्ने आम चासो रहेको थियो । पार्टी विभाजनपछि केही नेताहरु नेकपा एकीकृत समाजवादीतिर लागेकाले ज्वालामुखीमा कस्को पल्लाभारी होला भन्ने आम चासो रहेको छ ।

यो गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षको दाबेदारको रुपमा ९ जनाले आफ्दो दाबी प्रस्तुत गरेका थिए । नेकपा एमाले जिल्ला कमिटी सह–सचिव हरेराम लोहनी र ज्वालामुखी गाउँपालिका कमिटी अध्यक्ष राजेश अधिकारी सर्टलिष्टमा परेका थिए ।

यस्तै नेकपा एमालेले महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको नाम टुंगो लगाएको छ । महानगरको मेयरका लागि एमालेले सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मेयरमा एमाले विराटनगरका अध्यक्ष समेत रहेका थापा र उपमेयरमा महानगर कमिटी उपाध्यक्षसमेत रहेकी कार्कीको नाममा सहमति भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मोरङ जिल्ला इन्चार्ज विनोद ढकालले बताएका छन् ।

एमाले १ नम्बर प्रदेश कमिटीले थापाको नाम एक नम्बरमा राखेर केन्द्रीय सदस्य जीवन घिमिरेको नाम समेत सुझावका थप्दै केन्द्रीय कमिटी सचिवालयमा सिफारिस गरेको थियो ।

विराटनगरको मेयर र उपमेयरमा नेपाली कांग्रेसले मात्रै उम्मेदवारको निर्णय गर्न बाँकी रहेको छ । पाँच दलीय गठबन्धनले विराटनगरको मेयर कांग्रेसको र उपमेयरमा जनता समाजवादी पार्टीको भागमा पारेको छ ।

यस्तै एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो ।

त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की एमाले विभाजित छ । पौडेलले गुरुङ प्यानलबाट टिकट पाएका हुन् । त्यसपछि उनीविरुद्ध प्रहार धेरै भयो । अन्ततः उनको टिकट फिर्ता लिएर खगराज प्यानलका थापालाई टिकट दिइएको हो ।

उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् । यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताएपनि अहिले मौन छिन् । थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् । थापालाई रोक्न पृथ्वीसुब्बाले प्रदेश सरकार आफ्नो बन्ने र त्यहाँ मत नपुग्ने कार्ड फालेका थिए । तर उनको कार्ड सफल हुन सकेन । थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका ब्यक्ति हुन् । २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस