Latest News

काँग्रेसले टुंगो लगायो ललितपुर र विराटनगर महानगर मेयरको उम्मेदवार, महर्जन र कोइरालाले पाए टिकट

Nepalese Times April 25, 2022 (1 Year ago)    737 Views

नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु महर्जनलाई दोहो¥याउने निर्णय गरेको छ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले महर्जनलाई महानगर प्रमुखको उम्मेदवार बनाएका छन्।

महर्जनलाई फेरि महानगर प्रमुखका लागि उम्मेदवार बनाइएको उनका स्वकीय सचिव इन्द्र महर्जनले पुष्टि गरेका छन्। उनले साढे १२ बजे जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको तयारी भइरहेको पनि बताए।

कांग्रेसले विराटनगर महानगरपालिकाको प्रमुखमा नागेश कोइरालालाई अघि सारेको छ। पार्टीले उनलाई प्रमुखको उम्मेदवारका लागि टिकट दिएको नेता डा. शेखर कोइरालाको सचिवालयले पुष्टि गरेको छ।

उनका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘विराटनगरमा नागेश कोइरालाले टिकट पाउनुभयो। उहाँ टिकट लिन पार्टी कार्यालय जाँदै हुनुहुन्छ।’

विराटनगरमा कुरा नमिल्दा कांग्रेसले महानगरपालिकाको उम्मेदवारी टुंग्याउन ढिलाई गरेको थियो।

यस्तै कांग्रेसले काठमाडौँ महानगरपालिकाको प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ।

उनलाई पार्टीले महानगरको प्रमुखका लागि टिकट दिएको चाक्सीबारीले पुष्टि गरेको छ। चाक्सीबारीले सोमबार दिउँसो १ बजेपछि मनोनयन दर्ताको तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस