Latest News

प्रचण्डले किन गर्दैछन् आज पत्रकार सम्मेलन ?

Nepalese Times April 25, 2022 (2 Year ago)    460 Views

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पत्रकार सम्मेलन गर्दै छन्।

स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे पार्टीको औपचारिक धारणा राख्न उनले पेरिसडाँडामा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।

माओवादीको केन्द्रीय प्रचार विभागले आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तहको निर्वाचनबारे कुरा राख्ने माओवादी केन्द्रको एक नेताले  जानकारी दिए

प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गरेका थिए। माओवादी केन्द्रले स्थानीय चुनावभर प्रत्येक सोमबार पत्रकार सम्मेलन आयोजना गर्ने बताएको छ।

सोही कार्यक्रमको निरन्तरतास्वरुप आजको पत्रकार सम्मेलन आयोजना भएको हो । अध्यक्ष प्रचण्ड नआए  प्रवक्ता(कृष्णबहादुर महरा) सहभागी हुनेछन।

स्थानीय तह निर्वाचनका लागि आज दलहरुले मनोनयन दर्ता गर्दै छन्। हिजो र आजका लागि मनोनयनको मिति निर्वाचन आयोगले तोकेको छ।

प्रतिक्रिया दिनुहोस