Latest News

अबको २४ घण्टामा यी ठाउँमा पानी पर्ने चेतावनी

Nepalese Times April 25, 2022 (2 Year ago)    582 Views

काठमाडौं । हाल देशको पहाडी भू-भागमा स्थानमा स्थानीय वायु प्रभाव रहेको छ। हाल प्रदेश १ मा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

अबको २४ घण्टामा प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको मौसमविद्को भनाई छ ।

साथै देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन महाशाखाले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

आज सोमवार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

सोमवार राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बागमती प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहनेछ र देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलवार राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार दिउँसो देशको गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश १ का मा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस