Latest News

काठमाडौंको मेयरमा अहिलेसम्म १६ जनाले उम्मेदवारी दिए, को–को हुन् ? (सूचीसहित)

Nepalese Times April 24, 2022 (2 Year ago)    989 Views

काठमाडौं । बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावमा प्रतिष्पर्धाका लागि देशभर उम्मेदवारी दर्ताको काम भइरहेको छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज र भोलीको समय दिएकोले प्रमुख राजनीतिक दलकाबाहेक अधिकांशले आज नै उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी मनोनयनको पहिलो दिन ५ बज्न केही समय बाँकी रहँदा काठमाडौं महानगरको मेयर पदमा १६ जनाको उम्मेदवारी परेको छ ।

पहिलो दिन काठमाडौं महानगरपालिकाको मेयर पदका लागि साना राजनीतिक दल र स्वतन्त्र गरी १६ जनाले उम्मेदवारी दिएका हुन् । त्यस्तै उपमेयर पदमा ८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्ष १२ र वडासदस्य ५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारीबारे विस्तृत जानकारी केहीबेरमा जानकारी दिने जनाएको छ ।

राष्ट्रिय यथार्थवादी नेपालको तर्फबाट काठमाडौं महानरपालिकाको मेयरमा आनन्द जोशीले उम्मेदवारी दिएका छन् । उनलाई सरोज शाहीले प्रस्ताव गरेका हुन् भने सरलान शाही समर्थन गरेका हुन् ।

यस्तै रविकान्त मानन्धर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा राजेन्द्र मान प्रधान र समर्थकमा रमेश मानन्धर रहेका छन् । यस्तै व्यवसायइ राजन कार्कीले पनि मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा सुनिल नकर्मी र समर्थकमा राम प्रजानपति रहेका छन् ।

यस्तै मेयर पदमा चर्चित र्यापर बालेन्द्र शाहले स्वतन्त्र उम्मेदवारी दिएका छ् । उनी काठमाडौं ३२ का हुन् । उनको प्रस्तावकमा प्रतिश श्रेष्ठ र समर्थकमा प्रेमकृष्ण श्रेष्ठ रहेका छन् ।

यस्तै विवेकशिल साझा पार्टीको तर्फबाट मेयर पदमा समीक्षा बास्कोटाले उम्मेदवारी दिएकी छिन् । उनको प्रस्तावकमा मोहन श्रेष्ठ र समर्थकमा बिना शाह रहेका छन् ।

आधुनिक नेपाल समाजवादी पार्टीको तर्फबाट काठमाडौं २४ का सुरेशरत्न ब्रजाचार्यको उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा मनोज तुलाधर र समर्थकमा सुरेश शाक्य रहेका छन् ।

यस्तै नेपाल समावेशी पार्टीबाट रामबहादुर खड्का, मंगोल नेशनल अर्गनाइजेशनबाट सीता तामाङ र मौलिक जरानेकिलोबाट मनोजराज आचार्यले उम्मेदवारी दिएका छन्

समाजसेवी ज्ञानु लामा तामङले पनि मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । उपत्यका सडक बिस्तार पिडित संघर्ष समितिका संयोजक सुमन सायमीले पनि मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस्तै अमोट महर्जन, विपिनराज बैद्य, सुर्य थापा श्रेष्ठ, डिल्लीराम राजभण्डारी र जेठा महर्जनले पनि मेयर पदमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस