Latest News

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा केसीको ५ बुँदे फरक मत

Nepalese Times April 24, 2022 (1 Year ago)    658 Views

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो ५ बुँदे फरक मत राखेका छन् ।

उनले स्थानीय स्तरमा भएको चुनावी तालमेलमा हस्तक्षेप भएको, महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारीको टिकट वितरणमा पार्टीको वैधानिक प्रक्रिया अवलम्बन नगरिएको लगायतका विषय समेटेर उनले फरक मत राखेका हुन् ।

आज सानेपामा जारी बैठकमा उनले स्थानीय चुनावमा तालमेल गर्दा केन्द्रबाट हस्तक्षेप गरेकोमा विरोध गरेका छन्।महानगर र उपमहानगरको तालमेल निर्णय गर्दा मापदण्डबारे पार्टीमा छलफल नभएको उनको भनाइ छ।

महानगर र उपमहानगरको टिकट वितरणमा वैधानिक प्रक्रिया अबलम्बन नगरिएको केसीको दाबी छ। टिकट बाँड्न केन्द्रीय संसदीय बोर्ड गठन हुनुपर्ने मागसमेत उनको छ।

प्रतिक्रिया दिनुहोस