Latest News

यस्तो छ बालेन शाहको २८ बुँदे लामो प्रतिवद्धता पत्र (पूर्णपाठसहित)

Nepalese Times April 24, 2022 (2 Year ago)    1055 Views

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

आइतबार एक कार्यक्रमको आयोजना गरेर उनले उम्मेदवारी मनोनयनअघि २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

शाहले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गनेर प्राविधिक शिक्षामा जोड दिने बताएका छन् । त्यस्तै निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने उल्लेख गरेका छन् ।

काठमाडौँ महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहु तले पार्किङमा परिणत गरिने र काठमाडौँ महानगरपालिका को आफ्नै ट्याक्सी एप सञ्चालन गरिने उनको योजना छ ।

स्वास्थ्य क्षेत्रमा शाहले प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गरिने र ७० वर्ष माथिका वृद्ध वृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने योजना उनले अघि सारेका छन् । शाहले सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समिति मार्फत निर्माण तथा पुनर्निर्माणका कार्य गरिने बताएका छन् ।

बस स्टपहरूमा फल्चा स्थापना गरिने उनको भनाइ छ । शाहले सार्वजनिक तथा महानगरिय यातायातलाई एउटै छाता संगठन अन्तर्गत ल्याएर शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने बताएका छन् ।

हेर्नुहोस् पूर्णपाठ

प्रतिक्रिया दिनुहोस