Latest News

उम्मेदवार बन्न कुन पदमा कति धरौटी राख्नुपर्छ ? (सूचीसहित)

Nepalese Times April 24, 2022 (2 Year ago)    680 Views

काठमाडौं । स्थानीय तहको उम्मेदवारको समय आज र भोलिका लागि तोकिएको छ स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न उम्मेदवारले मनोनयन पत्र दर्ता गराउँदा केही रकम धरौटीबापत राख्नुपर्नेछ ।

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ३६ मा उम्मेदवारले मनोनयन पत्र दर्ता गराउँदा बुझाउनुपर्ने धरौटी रकम उल्लेख छ ।

निर्वाचन आयोगले उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा सो व्यवस्थाअनुसार उम्मेदवारसँग धरौटीबापतको रकम लिनेछ । सो रकम उम्मेदवार दर्ताको शुल्क भने होइन ।

महानगरपालिका तथा उपमहानगरपालिकामा अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवार मनोनयन दर्ताको लागि १ हजार ५ सय रूपैयाँ धरौटी जम्मा गर्नुपर्ने हुन्छ ।

नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउने व्यक्तिले १ हजार ५ सय रूपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ ।

यस्तै, वडाध्यक्ष पदका लागि १ हजार रूपैयाँ र वडा सदस्य पदका लागि उम्मेदवारको मनोनयन दर्ता गराउँदा ५ सय रूपैयाँ धरौटी रकम बुझाउनुपर्नेछ ।

तर, धरौटी रकममा महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिले ५० प्रतिशत धरौटीबापतको रकम छुट पाउने व्यवस्था छ ।

निर्वाचनमा धरौटीबापत जम्मा भएको रकम मत परिणाम सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयले फिर्ता गर्नेछ । तर, धरौटी रकम फिर्ता लिन कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्नेछ ।

१० प्रतिशत मत नपाउने उम्मेदवारको भने धरौटी रकम फिर्ता हुनेछैन । त्यस्तो धरौटीबापत जम्मा भएको रकम आयोगको सञ्चित कोषमा दाखिला हुनेछ ।

महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा धरौटी रकममा पचास प्रतिशत छुट हुने निर्देशिकामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस