Latest News

एमालेले आङकाजी शेर्पालाई पनि बनायो मेयरको उम्मेदवार, अरु क-कसले पाए टिकट ? (सूचीसहित)

Nepalese Times April 23, 2022 (1 Year ago)    1051 Views

काठमाडौं । नेकपा एमालेले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा आङकाजी शेर्पा उमेदवार बनाउने भएको छ ।

यस्तै उपमेयरका लागि मनकुमारी बस्नेत उमेदवार पक्का भएकी छिन् । नेकपा एमाले प्रदेश कमिटिले निर्णय गर्दै उक्त नगरपालिकाको मेयर पदका लागि आङकाजी शेर्पालाई उमेदवार बनाउने् सर्वसम्मत निर्णय भएको हो ।

यस्तै उपमेयरका लागि मोहनकुमारी कार्कीको नाम सर्वसम्मत निर्णय गरिएको छ । उपमेयरमा दोहोरिन चाहेकी कल्पना राईले टिकट नपाएपछि अकस्मात पार्टीबाट परित्याग गरेकी छिन् ।

यस्तै माप्य दुधकोशी गाउँपालिकामा पुरानै अनुहारलाई नेकपा उमालेले दोहोर्याएको छ । अध्यक्षमा बुद्धिकिरण राई र उपाध्यक्ष उमेदवारमा जुनिता मायाँ मगर दोहोरिने भएकी हुन् । यस अघि एमालेबाट यी दुवै उमेदवारले जीत हाँसिल गरी गाउँपालिका चलाएका थिए ।

यस्तै सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकामा अध्यक्षका लागि मिङमाछिरी शेर्पाले अध्यक्षका लागि टिकट पाएका छन् । उनी यस अघि गाउँपालिकाको ३ नम्बर वडा अध्यक्ष थिए । यस्तै उपाध्यक्षमा टासील्हमु शेर्पाले टिकट पाएकी छिन् । हाल गाउँपालिकाको कार्याबाहक अध्यक्षको जिम्मेवारी सम्हालीरहेकी शेर्पाले पुन उपाध्यक्षका लागि टिकट पाएकी हुन् ।

यस्तै नेचासल्यान गाउँपालिकामा अध्यक्षमा डुफकुमार बास्तोला नै दोहोरिने गरी उमेदवार चयन गरिएको छ । उपाध्यक्षमा श्रृजना राईलाई उमेदवार बनाइने निर्णय भएको छ । डुफकुमार बास्तोला निर्वाचित गाउँपालिका अध्यक्षसमेत हुन् ।

यस्तै थुलुङदुधकोशी गाउँपालिकामा आङबाबु राई अध्यक्ष र कल्पना गिरी बस्नेत उपाध्यक्षमा उठ्ने गरी निर्णय भएको एमाले प्रदेश कमिटि सदस्य महेश किराँतीले जानकारी दिए । सोताङ गाउँपालिका अध्यक्षमा प्रकाश कार्कीलाई अध्यक्ष तथा श्रृजना राईलाई उपाध्यक्षमा उमेदवार बनाइएको छ ।

एमालेले महाकुलुङ गाउँपालिकामा भने अध्यक्षमा भक्त राई र उपाध्यक्षमा शुभधनी कुलुङ उमेदवार हुने भएकी छिन् । यता लिखुपिके गाउँपालिका अध्यक्षका लागि एमालेले पोष्टकुमार कार्की र उपाध्यक्षमा सुष्म माया शेर्पालाई उमेदवार बनाइएको छ ।

भोली आइतबारबाट मनोनय दर्ता समेत सुरु हुने भएकाले एमालेले सोलुखुम्बुका आठ ओटै स्थानीय तहमा उमेदवार तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस