Latest News

एकीकृत समाजवादीले तोक्यो महानगर र उपमहानगरका उम्मेदवार, कहाँ- कसले पाए ? (सूचीसहित)

Nepalese Times April 23, 2022 (2 Year ago)    596 Views

 सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका सबै महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ।

नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार धनराज आचार्यलाई बनाउने भएको छ। आकांक्षी ६ जनाको नाम सिफारिस भए पनि शनिबार पार्टीले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

यस्तै एकीकृत समाजवादीको भागमा परेको काठमाडौं महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति भएको छ।

त्यसैगरी हेटौंडा उप महानगरपालिकामा मीना लामालाई मेयर उम्मेदवार बनाउने भएको छ । लामा अहिले उपमेयर छिन् । इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशव विष्टलाई उम्मेदवार निर्णय गरेको छ । विष्ट राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव हुन् ।

त्यस्तै एकीकृत समाजवादीले बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङलाई उम्मेदवार बनाउने भएको छ । उनी पार्टीका बुटवल नगरअध्यक्ष हुन् भने यसअघिको स्थानीय चुनावमा वडासदस्यमा निर्वाचित भएका थिए ।

त्यसैगरी एकीकृत समाजवादीले दाङको घोराही नगरपालिकाको उपमेयरमा जोगबहादुर रानालाई उम्मेदवार बनाउने भएको छ । राना दाङ जिल्ला कमिटीका अध्यक्ष हुन् ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार नेकपा एकीकृत समाजवादीले पोखरामा मेयर, हेटौंडा उपमहानगरपालिकामा मेयर र इटहरी, बुटवल र तुलसीपुरमा उपमेयरको उम्मेदवार पाएको छ ।’

प्रतिक्रिया दिनुहोस