Latest News

सिट बाँडफाँडप्रति असन्तुष्टि जनाउँदै देउवालाई माधव नेपालको टेलिफोन, के–के भयो कुराकानी ?

Nepalese Times April 23, 2022 (2 Year ago)    629 Views

काठमाडौं । ५ दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँडललाई लिएर नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु रुष्ट बनेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमति भएपनि सोही अनुसार आफूहरुले भाग पाउन नसकेको समाजवादीका नेताहरुको भनाई छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति सार्वजनिक कार्यक्रममै असन्तुष्टि जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको जिल्ला तहको रिर्पोटले आफूहरुलाई उत्साही नबनाएको पनि स्पष्ट पारे ।

महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सिट बाँडफाँडले आफूहरु उत्साही भएपनि जिल्लाहरुको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाइ थियो ।

यसैक्रममा सार्वजनिक कार्यक्रममा मात्रै नभएर जिल्लाबाट यस्तो रिपोर्ट आएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेर असन्तुष्टि पोखेका छन् ।

प्रधानमन्त्री देउवासँग उनले टेलिफोनमा भने, ‘२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमति भएको थियो, तर कांग्रेसका साथिहरुले अलिक पेल्न काम गर्नुभएको भन्ने रिपोर्ट आएको छ । यसरी त भएन नि ।’

जवाफमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवाले आफू महानगरपालिका र उपमहाननगरपालिकाको मेयर र उपमेयर छान्ने बारेमा निक्कै तनावमा रहेकोले यसबारे बसेर साँझसम्म टुंगो लगाउने बताउका थिए ।

प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई जवाफ फर्काउँदै भने, ‘अहिले म कांग्रेसकै उम्मेदवार चयनको कसरतमा छु । आफ्नै पार्टीभित्र भागबण्डा मिलाउन मलाई समस्या परिरहेको छ । सहमति जे भएको हो त्यहि अनुसार अघि बढौँ । म पनि साथिहरुसँग त्यसैअनुसारको स्कुलिङ गर्न भनौँला ।’

पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँड उत्साहवद्र्धक भएको र यसले राम्रो सन्देश पनि दिएको तर विभिन्न जिल्लाको रिर्पोट सुन्दाखेरी त्यति आशावादी÷उत्साही हुने स्थिति नरहेको माधव नेपालको भनाइ छ ।

उनले सार्वजनिक कार्यक्रममै भनेका छन्, ‘हामीले भनेका थियौ–देशैभरी हाम्रो पार्टीको सञ्जाल छ । हाम्रो पार्टीको संगठन छ । त्यसो हुनाले देशैभरी हाम्रो पार्टीले न्यूनतम रुपमा पनि हाम्रो उपस्थिति हुनैपर्छ । त्यसैगरी हामीले भनेका थियौ–नेकपा –माओवादी केन्द्र०ले जितेको ठाउँमा सोही पार्टी । नेपाली काँग्रेसले जितेको ठाउँमा काँग्रेस, जनता समाजवादीले जितको ठाउँमा सोही पार्टीको उम्मेदवार उठाउनु पर्दछ । त्यसमा आम रुपमा ठिकै छ । तर, नेकपा एमालेले जितेको ठाउँमा पहिलो हक र दावी हाम्रो लाग्नु पर्दछ । कुरो त यसमा ठिकै भएको थियो । त्यस अनुसार काम भएन ।’

जे जस्तै भए पनि अब सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गर्नु पर्ने भन्दै माधव नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा गठबन्धनका विषयमा केही नेताहरु लचिलो हुन तयार भए पनि केही नेताहरुमा त्यो नदेखिएको बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस