Latest News

गठबन्धनमा भागबण्डाः पाल्पामा पनि जुट्यो सहमति, कसलाई कुन पालिका ? (सूचीसहित)

Nepalese Times April 23, 2022 (2 Year ago)    698 Views

काठमाडौं । सत्तारुढ दलहरुबीच पाल्पाका स्थानीय तहमा तालमेलका लागि भागवण्डामा सहमति भएको छ ।

शनिबार गठबन्धनमा रहेका दलका नेताहरुको बैठकले भागबण्डामा सहमति जुटाएको हो । सहमति अनुसार जिल्लाका १० पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार भागवण्डा गरिएको हो ।

जस अनुसार नेपाली कांग्रेसले ६ स्थानीय तहको प्रमुख र ६ वटैको उपप्रमुखको उम्मेदवार पाएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले दुई वटाको प्रमुख र तीन वटाको उपप्रमुखको उम्मेदवार पाएको छ । नेकपा एकीकृत समाजवादीले दुई पालिकाको प्रमुख र एक उपप्रमुखको उम्मेदवार पाएका छन् ।

एकीकृत समाजवादीका जिल्ला सचिव मोहन गैरेका अनुसार नेपाली कांग्रेसले तानसेन नगरपालिका, रामपुर नगरपालिका, निस्दी गाउँपालिका, मथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, र रैनादेवी छहरा गाउँपालिकाको प्रमुखको उम्मेदवार पाउनेछ ।

नेकपा माओवादी केन्द्रले रिब्दीकोट गाउँपालिका र तिनाउँ गाउँपालिका तथा नेकपा एकीकृत समाजवादीले पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकाको अध्यक्षको उम्मेदवार पाउनेछ ।

उपप्रमुखतर्फ नेपाली कांग्रेसको भागमा रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिका परेको छ ।

नेकपा माओवादी केन्द्रले तानसेन नगरपालिका, निस्दी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको उपप्रमुख पाउनेछ । नेकपा एकीकृत समाजवादीले बगनासकली गाउँपालिकाको उपप्रमुखको उम्मेदवार पाएको छ ।

प्रतिक्रिया दिनुहोस