Latest News

एमालेले रसुवामा पनि लगायो उम्मेदवारको टुङ्गो, कुन पालिकामा कसले पाए टिकट ? (नामावलीसहित)

Nepalese Times April 23, 2022 (10 Month ago)    519 Views

रसुवा । नेकपा एमालेले रसुवामा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको टुङ्गो लगाएको छ । उम्मेदवार मनोनयन दर्ताको अघिल्लाने दिन एमालेले उम्मेदवार टुंगो लगाएको हो ।

यही वैशाख ३० गते हुने पालिका चुनावका लागि पार्टीले शुक्रवार उम्मेदवार टुङ्गो लगाएको नेकपा एमाले रसुवाका एक जिल्ला नेताले बताउका छन् ।

सहमति अनुसार उत्तरगया गाउँपालिकाको अध्यक्षमा माधव अर्याल, उपाध्यक्षमा चमेली गुरुङ, कालीका गाउँपालिकाको अध्यक्षमा कमलनाथ आचार्य, उपाध्यक्षमा अम्बिका भट्ट पौडेल, नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामा, उपाध्यक्षमा चन्द्र बहादुर तामाङ उम्मेदवार बन्ने भएका छन् ।

यस्तै, गोसाइँकुण्ड गाउँपालिकाको प्रमुखमा कैसाङ नुर्पु तामाङ र उपाध्यक्षमा प्रतिमा तामाङ, आमाछोदिङ्मो गाउँपालिकाको प्रमुखमा तेब्रेल तामाङ र उपाध्यक्षमा नविना लामाले टिकट पाउने भएका छन् ।

रसुवामा २०७४ सालको चुनावमा नेकपा एमालेले कालीका र गोसाइँकुण्डमा प्रमुख र पाँचवटै गाउँपालिकामा उपप्रमुख जितेको थियो ।

यस्तै नेकपा एमालेले मध्यविन्दु नगरपालिकाको मेयरमा भीमलाल अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । एमालेका जिल्ला सचिवसमेत रहेका उनलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको नेकपा एमालेका एक नेताले बताए ।

नगरपालिका कमिटीले अधिकारीको नाममा सर्वसम्मत निर्णय गरेकोले अधिकारीलाई मेयरको उम्मेदवार बनाइएको हो । उपमेयरको भने अझै टुंगो लागेको छैन ।

नवलपरासी (वर्दघाट, सुस्ता पूर्व) का ४ वटा नगरपालिकामध्ये एउटा नगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाउने एमाले पहिलो दल हो ।

प्रतिक्रिया दिनुहोस