Latest News

महानगरको उम्मेदवार छान्न बसेको कांग्रेसको बैठक निष्कर्षविहीन, तनावमा देउवा

Nepalese Times April 23, 2022 (2 Year ago)    742 Views

काठमाडौं । उम्मेदवारको मनोनयन दर्ताको अघिल्लो दिन उम्मेदवारको टुंगो लगाउने अन्तिम प्रयासमा नेपाली कांग्रेसका शीर्ष नेताहरु जुटेका छन् ।

तर, नेपाली कांग्रेसलाई उम्मेदवार चयन गर्न सकस भइरहेको छ । उम्मेदवार टुंग्याउन बसेको नेपाली कांग्रेसका कांग्रेस शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ । नेपाली कांग्रेसका शीर्ष नेताको मध्यरातसम्म बसेको बैठक कुनै पनि उम्मेदवारको टुंगो नलगाइ सकिएको नेपाली कांग्रेसका एक नेताले बताए ।

कांग्रेसको विधान अनुसासर महानगरको प्रमुख र उपप्रमुखको टिकट केन्द्रीय संसदीय समितिले वितरण गर्ने व्यवस्था छ । संसदीय समिति नै गठन नगरि उम्मेदवार टुंगाउने कसरतमा नेताहरू छन् ।

शुक्रबार मध्यरातसम्म बसेको बैठकमा नेताहरूले आ–आफ्नो पक्षका सिफारिस नाममा अडान लिएका थिए । काठमाडौंको मेयरका सिर्जना सिंहको नाम टुंगिएकाले शुक्रबारको बैठकमा खास चर्चा नभएको सहभागी एक नेताले बताए । विराटनगरको मेयरका लागि नागेश कोइराला, भीम पराजुली, डीला संग्रौला र अमृत अर्यालको विषयमा बढी छलफल भएको थियो ।

कोइरालाको पक्षमा नेता डा शेखर कोइराला उभिएका थिए । अर्का नेता कृष्ण सिटौलाले वर्तमान मेयर भीम पराजुली नै दोहोर्‍याउनु पर्ने अडान लिएको बैठकमा सहभागी एक नेताले बताए ।

शेखरले नागेश नै उठाउने अड्डी लिएका र कृष्ण सिटौलाले भीम आचार्यको पक्षमा अडान लिएका थिए । सभापति देउवा पक्षका कुनै नेताले डिला संग्रौलालाई कुनैले अमृत अर्यालको नाम लिएका थिए । विराटनगरको मेयरमा चार जनाको नाममा बढी छलफल भएको थियो ।

भरतपुरको उपमेयरका करिब सहमति जुटेको र दीर्घमान श्रेष्ठको नाममा सहमति निकट पुगेका सहभागी एक नेताले बताए । मन्त्री उमेश श्रेष्ठले दीर्घमानलाई भरतपुरको मेयर बनाउन सक्रियता देखाएका छन् । पोखराको उपमेयरका नेताहरू बीच सहमति जुट्न सकेन भने ललितपुरका विषयमा छलफल प्रवेश नै गरेन ।

शुक्रबार दुई चरणमा शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । वर्तमान र पूर्वपदाधिकारीको बैठकमा नेता शेखर कोइरालालाई पनि आमन्त्रण गरिएको थियो । शीर्ष तहका नेतामा सहमति जुटेपछि कार्यसम्पादन समितिले ति नाम अनुमोदन गर्ने तयारी गरिएको थियो ।

शीर्ष नेतामा सहमति नभएपछि शनिबार कार्यसम्पादनको बैठकमा उम्मेदवार टुंगाउन छलफल हुनेछ । कार्यसम्पादन समितिको बैठक शनिबार बिहान ११ बजे बोलाइएको छ । सत्ता गठबन्धनका दलहरूबीच भएको सहमति अनुसार महानगरमा कांग्रेसको भागमा मेयर र उपमेयरका तीन–तीन उम्मेदवार परेका छन् ।

प्रतिक्रिया दिनुहोस