Latest News

स्थानीय चुनाव : माओवादीबाट अध्यक्षको उम्मेदवारमा सिफारिस भएका भट्टराई एमाले प्रवेश

Nepalese Times April 23, 2022 (2 Year ago)    647 Views

सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिकाको वडा नं ५ बाट नेकपा माओवादीको वडा अध्यक्षको उम्मेदवार सिफारिस भएका गोपाल भट्टराई एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रदेश कार्यालयमा उनलाई एमाले स्थायी कमिटि सदस्य गोरख वोगटीले एमालेमा स्वागत गरेका हुन । माओवादी केन्द्रले उनी सहित प्रकाश हमाललाई समेत वडा अध्यक्षमा सिफारिस गरेको थियो।

एमाले जनताको पाटीए भएको र यो पार्टीमा सबैले समान अधिकार पाउने र जनताको पक्षमा काम गर्ने पार्टी भएको आफ्नो ठम्याई रहेकोले आफू एमाले प्रवेश गरेको उनले बताएका छन् ।

पार्टीको विचार, विधीसँग सहमत भएर आफू एमालेमा प्रवेश गरेको भन्दै उनले कम्युनिष्टको नाममा पुंजीवादीलाई भोट दिनुपर्ने बाध्यता कायम गर्ने सत्ता लोभी पार्टी माओवादीलाई आफूले त्याग्न बाध्य भएको बताए ।

यस्तै माओवादी सम्बद्ध वाइसिएलका नेता तथा पूर्व लडाकु बिसुन पाख्रिन र प्रशान्त लामासहित करीव दुई दर्जन दोलखाका युवा माओवादी त्यागेर एमालेमा प्रवेश गरेका छन् ।

शनिवार काठमाडौंमा उनीहरुलाई एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले स्वागत गरेका छन् । वाइसिएल नेता पाख्रिन गौरीशंकरका हुन् भने लामासहित अधिकांश युवा मेलुङका छन् ।

मेलुङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष उम्मेदवार वसन्त लामाको पहलमा सुवराज घिसिङ,रिजन घिसिङ,विशाल मोक्ता,विशाल तामाङ,कर्म मोक्ता,जीवन थोकर,रन्जित गोले,अनिल लामा,सन्जिव गोले,रोशन लामा,सोनाम भुजेल,दिपेन गोल लगायतका युवा एमालेमा प्रवेश गरेको युवा संघका नेता महाराज गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस