Latest News

आज २०७९ साल बैशाख १० गते शनिवारको राशिफल हेर्नुहोस्

Nepalese Times April 23, 2022 (2 Year ago)    788 Views

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ अनुभव मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) राजनीतिक कार्यमा सफलता मिल्नेछ । घरायसी मनोरञ्जनमा सहभागिता भइएला । स्वास्थ्यमा समस्या आउन सक्छ बढी सजग रहनु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ र शुभ समाचार सुन्न पाइएला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेममा मधुरता पनि छाउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मान प्रतिष्ठामा वृद्धि पनि होला । इष्टमित्र एवं साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महिला वा मित्रबाट सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुने र नार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्र भने कमजोर नै रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज इच्छा र आकाङ्क्षा पूर्ण होला । नजिकको आफन्त र मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलालको सहयोगमा हाम्रोपात्रो डटकमबाट

प्रतिक्रिया दिनुहोस