Latest News

अपमान सहन सक्दैनौँ भन्दै कांग्रेस नेता चन्द्र भण्डारीले लेखे यस्तो स्टाटस, कांग्रेसमा तरंग

Nepalese Times April 22, 2022 (1 Year ago)    741 Views

काठमाडौं । सत्तारुढ दलहरुबीच ६ वटै महानगरपालिकामा चुनावी भागबण्डा गर्ने औपचारिक सहमतिले नेपाली कांग्रेसमा तरंग पैदा भएको छ । सत्तारुढ दलका शीर्ष नेताहरुले सबै महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाटै भागबण्डा मिलाएसँगै नेपाली कांग्रेसका नेताहरु असन्तुष्ट छन् ।

असन्तुष्ट नेपाली कांग्रेस चितवनका नेताहरुले माओवादी केन्द्रका उम्मेदवारको रुपमा फेरि पनि रेनु दाहाललाई स्वीकार गर्न नसक्ने भन्दै विद्रोको तयारी गरिरहेका छन् । उनीहरुले कांग्रेसका नेताहरुले पार्टीबाट राजीनामा दिएर बागी उम्मेदवार उठाउने तयारीसमेत गरेका छन् ।

यस्तै पोखरा महानगरपालिका र वीरगन्ज महानगरपालिकामा पनि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले अरु पार्टीको उम्मेदवारलाई विजयी गराउन नसक्ने भन्दै विद्रोहको तयारी गरेका छन् ।

विशेषगरी नेपाली कांग्रेसभित्र शेखर कोइराला समूहका नेताहरु गठबन्धन गर्न नहुँने पक्षमा रहेका छन् । नेपाली कांग्रेसका नेता कोइरालासहित उपसभापतिन धनराज गुरु, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरु चुनावी तालमेलको विपक्षमा रहेका छन् ।

यस्तै चुनावी तालमेलको विपक्षमा नेता चन्द्र भण्डारी पनि रहेका छन् । उनले शुक्रबार एक स्टाटस पोष्ट गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र मतदाताहरुलाई अपमान नभई सम्मान गर्नुपर्ने बताउका छन् ।

सत्ताको तातो रापमा निस्केका कठोर शब्दहरु कोरोना नबननुन् भन्दै उनले पार्टीको नेतृत्व गरिरहेकाहरुले पार्टीका अरु नेता तथा कार्यकर्ताहरुलाई अपमान गर्न नमिल्ने बताएका छन् । उनले आदर र सम्ममानमा सबैले बाँच्ने र अपमान कसैले पनि सहन नसक्ने भनेका छन् ।

उनले लेखेका छन्, ‘सम्मान गर साथीहरुलाई अपमान होइन ! सत्ताको तातो रापमा निस्केका कठोर शब्दहरु कोरोना नबनुन् । आदर र सम्मानमा सबैसँगै बाँच्ने हो ,अपमानमा होइन ।’

यस्तै चितवनको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी रेनु दाहाल साझा उम्मेदवार बन्ने भएपछि कांग्रेसमा असन्तुष्टि बढेको छ ।

भरतपुर महानगरपालिका यो पटक आफूहरुले पाउनुपर्ने औपचारिक निर्णय नै गरेको चितवन कांग्रेस केन्द्रको निर्देशनका कारण यतिबेला तनावमा रहेको नेपाली कांग्रेसका एक नेताले बताए ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादीलाई सघाएर लगाएको पर्म यसपटक माओवादीले कांग्रेसलाई समर्थन गरेर तिर्नुपर्ने कांग्रेस नेताहरूले बताएपनि भरतपुरको साझा उम्मेदवार भने हालकी मेयर दाहाल नै बन्ने भएकी छिन् ।

पार्टी केन्द्रले माओवादीलाई मेयरमा समर्थन गरेकोले जिल्लामा युवाहरूले विद्रोह गर्नुपर्ने भन्दै कांग्रेस चितवनका पूर्वसभापति एवम् कांग्रेस चितवनका ‘टावर’ भनेर चिनिने कृष्णलाल सापकोटाले बागी उम्मेदवारीको घोषणा गरेका छन् ।

उनले भने, ‘यसपटक कुनै पनि हालतमा माओवादीलाई बोक्न हुँदैन, युवाहरू विद्रोह गर, पार्टी बचाउनुपर्छ, यदि तिमीहरू सक्दैनौं भने म मैदानमा उत्रिन्छु मलाई साथ देउ ।’ पार्टी भित्र सधैं ‘विद्रोही नेताको पर्याय’ बनाएका नेता सापकोटालाई जिल्लाका नेताले समेत आफूलाई मन लागेका तर बोल्ने नसकेको कुरा सापकोटाले बोलिदिए हुन्थ्यो भन्ने चाह राख्छन् ।

चितवनमा २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेका सापकोटा त्यसअघि एकपटक पार्टी सभापति र बहुदल आएपछि २०४८ र २०५७ मा कांग्रेस चितवनको पार्टी सभापति भैसकेका छन् । उनी जिविस चितवनको पहिलो सभापति र जिविस महासंघको संस्थापक अध्यक्ष हुन् ।

वितेको पाँच वर्षमा कांग्रेसले कहिले कता कहिले कता भोट हाल्दा पार्टी संगठन क्षयीकरण भएको, पार्टी पंक्तिमा क्षमता भएका नेताहरू निरास हुन थालेकोमा आफू चिन्तित भएको बताए ।

२–४ महिना प्रधानमन्त्री हुनलाई पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस चितवनलाई माओवादी ‘बोक्न’ लगाएको बुझाइ उनको छ । कसैले गठबन्धन विरोधी भने पनि केही फरक नपर्ने नेता सापकोटा बताउँछन् । यसपटकको निर्वाचनमा कांग्रेसले महानगर मेयरमा माओवादीलाई समर्थन गर्न नसक्ने भन्दै उनले मेयरमा आफू बागी उम्मेदवारको रुपमा रहने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस