Latest News

यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्णपाठसहित)

Nepalese Times April 22, 2022 (1 Year ago)    904 Views

काठमाडौं । नेकपा एमालेले यहि बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । स्थानीय निर्वाचन २०७९ का लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय, च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा हाम्रो पार्टी कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए । घोषणापत्रमा पार्टीले विगतमा गरेका जनपक्षीय काम कारबाहीका साथै आगामी दिनका योजना सविस्तार व्याख्या गरिएको छ ।

यस्तै एमालेले घोषणापत्रमा धरहराको निर्माणदेखि रेल र पानीजहाजसम्मको तस्बिर प्रस्तुत गरेर आफू सरकारमा हुँदा गरेको जस लिन खोजेको छ । आजै एमालेका सबै पालिका तहका पार्टी कमिटीले पनि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

घोषणापत्र सार्वजनिक गर्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्तारूढ गठबन्धन जति दिन रहन्छ त्यति नै देशले संकट व्यहोर्नुपर्ने बताएका छन् ।

‘मुलुकको अग्रगतिमा बाधक बनेर खडा भएको यो अहिलेको अविलम्ब मुक्ति खोजेको छ । मुलुकलाई यो गठबन्धनबाट मुक्त गर्नुपर्ने जरुरी छ,’ घोषणापत्र तयारी समितिका संयोजकसमेत रहेका पोखरेलले भने,‘ राजनीतिक अवसरवाद र सत्तास्वार्थ अनैतिक जगमा खडा भएको यो सरकार जति दिन रहन्छ मुलुकले त्यति संकट व्यहोर्नु अनिवार्य छ ।’

संघीयताका प्रभावकारी कार्यान्वयन, जगैबाट लोकतन्त्रको सुदृढिकरण, आधारभूत तहबाटै विकास र समृद्धिको आधार निर्माण गर्न निर्वाचनमा एमाललेलाई जिताउनुपर्ने उनले बताए । उनले भने, ‘स्थानीय तहको नेतृत्व सुम्पेर मात्रै हामी राष्ट्रिय राजनीतिलााई सही बाटोमा फर्काउने कामको सुरूवात गर्न सक्छौं ।’

लोकतन्त्र, संविधान र जनादेशको लिकमा फर्काउन स्थानीय तह निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न उनले आह्वान गरे । बाँकी कामका योजनासमेत घोषणापत्रमा समेटिएको छ । एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।

 

प्रतिक्रिया दिनुहोस