Latest News

राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस

Nepalese Times April 22, 2022 (1 Year ago)    814 Views

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ ।

महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो ।

यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाममा छलफल भएको थियो ।

 उपप्रमुख कसलाई बनाउने भन्ने बारेमा राप्रपाले निर्णय गरिसकेको छैन । सम्भवत आजै उप मेयरको टुङ्गो लगाउने राप्रपाको तयारी छ ।

त्यस्तै ललितपुर महानगरपालिकामा भने राप्रपाबाट अष्ट महर्जन र हसिना शाक्यको दाबेदारी रहेको छ । महर्जन राप्रपाको ललितपुर जिल्ला अध्यक्ष हुन् भने शाक्य एक साताअघि मात्र नेकपा माओवादी केन्द्रबाट राप्रपामा प्रवेश गरेकी हुन् ।

शाक्य गएको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरको उपमेयरमा माओवादी केन्द्रबाट उठेकी थिइन् । उनले उक्त निर्वाचनमा १३ हजार बढी मत प्राप्त गरेकी थिइन् ।

पोखरा महानगरपालिकामा भने विश्व हिन्दू महासंघका उपाध्यक्ष शंकर खराल मेयरको उम्मेदवार बन्ने निश्चित भइसकेको राप्रपाले जनाएको छ । मेयरको उम्मेदवारका लागि विभिन्न व्यक्तिको विषयमा छलफल भइरहेको र शुक्रबारसम्मा टुंगोमा पुग्ने राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए ।

राप्रपाले काठमाडौंसहितका महानगरपालिकामा भने तालमेल नगर्ने उनले बताए । एमालेको तर्फबाट मेयरमा पुराना नेता केशव स्थापीत र वर्तमान मेयर विद्यासुन्दर शाक्यको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस