Latest News

कांग्रेसबाट ज्वालामुखीको अध्यक्षमा कृष्णमान शाक्यको दाबी, यस्ता छन् प्रतिवद्धताहरु

Nepalese Times April 22, 2022 (1 Year ago)    1310 Views

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिने कृष्णमान शाक्यले घोषणा गरेका छन् । २०३७ सालमा नेपाल विद्धार्थी संघको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका उनले ज्वालामुखीको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

२०३९ सालमा शमीभन्ज्याड माविमा स्ववियूको सभापतिको प्रत्यासी, सोही साल देखि नेपाल विद्धार्थी संघ जिल्ला कार्यसमिति सचिव हुँदै उनी २०४३ सालमा तत्कालिन प्रतिबन्धित नेपाली कांग्रेसको तर्फबाट तत्कालिन ढोला पंचायतको उपप्रधान पंचको प्रत्यासी बनेका थिए ।

उनी २०४४ सालमा अमृत साइन्स क्याम्पसको स्ववियू सदस्य, २०४६ सालको जनआन्दोलनको समयमा नेपाल विद्धार्थी संघ महाराजगन्ज मेडिसिन क्याम्पसको इकाई सभापतिको रुपमा नेतृत्व गर्नुका साथै २०४८ सालमा नेपाल विद्धार्थी संघ धादिङ्ख काठमाण्डौं संपर्क समितिको अध्यक्ष बनेका थिए ।

विगत ३० वर्षसम्म स्वास्थ्य र विकासका क्षेत्रमा नेतृत्व तहमा विभिन्न जिल्लाहरुमा काम गरेर २०६२ देखि धादिङ्ख जिल्लाकै दुर्गम र पिछडिएको समुदायमा स्वास्थ्य, खानेपानी तथा सरसफाइ, जीविकोपाजर्न, खाद्धसुरक्षा, पोषण र २०७२ सालको भुकम्प प्रभावित समुदायका लागि राहत तथा पुनः निर्माणको क्षेत्रमा आफूले काम गरेको उनले बताएका छन् ।

पार्टीको १४ औं महाधिबेशनमा सर्वाधिक मतका साथ नेपाली कांग्रेस जिल्ला कार्य समिति धादिङ्खको सदस्यको रुपमा सक्रिय रुपमा पार्टीमा योगदान गर्न आफ्नो पेशागत जिम्मेवारीसमेत हस्तान्तरण गरेका उनले ज्वालामुखी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

विगत ३० वर्षको विकासका क्षेत्रका अनुभव, सीप र दक्षता तथा योग्यतालाई प्रयोग गरी ज्वालामुखी गाउँपालिकामा केन्द्रित भई परिवर्तनका लागि काम गर्ने उत्कट चाहनासहित आफूले ज्वालामुखी गाउँपालिकामा उम्मेदवार बन्ने चाहना राखेको र आफ्नो पार्टी नेपाली कांग्रेसले अवसर दिए आफूले उत्कृष्ठ काम गरेर देखाउने उनको दाबी छ ।

ज्वालामुखीलाई सर्वाङ्गिण विकासमा देशकै नमुना पालिका बनाउन अध्यक्षमा मेरो आकांक्षा– शाक्य

म यस गाउँपालिका (साविकको चैनपुर गाविस वडा नं. ९) मा जम्मेर यसै गापा वडा नं. ४ मा एक अति विपन्न परिवारमा हुर्की बढेको ब्यक्ति हूँ । परिवारको अत्यन्त कठिन परिस्थितिका बीच संघर्ष गर्दै माध्यमिक शिक्षा श्री शमीभन्ज्याड माविमा गरी जनस्वास्थ्य र संस्थागत नेतृत्व ब्यबस्थापन दुइ विषयमा स्नाकोत्तर र जनस्वास्थ्य ब्यबस्थापन विषयमा विद्धावारिधिको शिक्षा पूरा गरेको छु ।

विसं २०३७ सालमा नेपाल विद्धार्थी संघको सदस्यता लिई शुरु भएको नेपाली कांग्रसको राजनीतिक जीवन, २०३९ सालमा श्री शमीभन्ज्याड माविमा स्ववियूको सभापतिको प्रत्यासी, सोही साल देखि नेपाल विद्धार्थी संघ जिल्ला कार्यसमिति सचिब, २०४३ सालमा तत्कालिन प्रतिबन्धित नेपाली कांग्रेसको तर्फबाट तत्कालिन ढोला पंचायतको उपप्रधान पंचको प्रत्यासी, २०४४ सालमा अमृत साइन्स क्याम्पसको स्ववियू सदस्य, २०४६ सालको जनआन्दोलनको समयमा नेपाल विद्धार्थी संघ महाराजगन्ज मेडिसिन क्याम्पसको इकाई सभापतिको रुपमा नेतृत्व साथै २०४८ सालमा नेपाल विद्धार्थी संघ धादिङ्ख काठमाण्डौं संपर्क समितिको अध्यक्षको रुपमा जिम्मेवारी समालेको थिएँ ।

विगत ३० वर्ष सम्म स्वास्थ्य र विकासका क्षेत्रमा नेतृत्व तहमा विभिन्न जिल्लाहरुमा कार्य गरी २०६२ देखि धादिङ्ख जिल्लाकै दुर्गम र पिछडिएको समुदायमा स्वास्थ्य, खानेपानी तथा सरसफाइ, जीविकोपाजर्न, खाद्धसुरक्षा, पोषण र २०७२ सालको भुकम्प प्रभावित समुदायका लागि राहत तथा पुनः निर्माणको क्षेत्रमा सफतापूर्वक सम्पन्न गरेकोछु । यस बीचमा पनि पार्टीका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न समयमा सहयोग पुर्याउदै आएको हो । १४औ महाधिबेशनमा सर्वाधिक मतका साथ नेपाली कांग्रेस जिल्ला कार्य समिति धादिङ्खको सदस्यको रुपमा पुनः सक्रिय रुपमा पार्टीमा योगदान गर्नका लागि आफ्नो पेशागत जिम्मेवारी हस्तान्रण गरी समर्पित भएको छु।

इसै राजनीतिक तथा अनुभवको पृष्ठभूमिमा आगामि बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट ज्वालामुखी गापाको अध्यक्ष पदको उम्मेदबारीका लागि पार्टीमा बलियो आकांक्षा राखेकोछु । विगत ३० वर्षको विकासका क्षेत्रका अनुभव, सीपहरु र मेरा दक्षता तथा योग्यतालाई प्रयोग गरी मेरो पालिकामा केन्द्रित भई परिवर्तनका लागि काम गर्ने उत्कट चाहना राख्ने मेरा धेरै शुभेच्छुक तथा पार्टीका साथीहरुको सुझाबका आधारमा यो सोच राखेको हूँ ।

यदि पार्टीले उम्मेदबारको लागि मौका दिई विजयी भएमा ज्वालामुखी गापालाई सर्वाङ्गिण विकास र सुशासनमा देशकै नमुना बनाउने मेरो लक्ष्य रहेको छ । यसका लागि मेरो स्पष्ट सोच, आबश्यक दक्षता तथा सीप र प्रतिबद्धता छ ।

यदि यो अबसर प्राप्त भएमा पाँच वर्षको स्पष्ट रणनितिक योजना सहित परिणाम मुखी तरिकाले पालिकाको बिकास र रुपान्रणको प्रक्रियालाई नेतृत्व दिने मेरो अठोट रहेकोछ । प्रमुख सरोकारवालाहरुको सहभागितामा पालिकाको विस्तृत अबस्था पहिचान तथा विश्लेषण गरी क्षेत्रगत रुपमा विकासका लागि ठोस लक्ष्यहरु तय गरी परिणाम मुखी नीति तथा कार्यक्रम तयार गरी कार्यान्वय गर्ने मेरो सोच रहेकोछ । सस्तो लोक प्रियता र तदर्थताका आधारमा टुक्रे काम भन्दा दीर्घकालीन र दीगो परिवर्तनका लागि बिकासका प्रणाली स्थापना गर्नका लागि मेरो प्रयास रहनेछ ।

केही विषयगत क्षेत्रहरुलाई मेरा अबलोकनका आधारमा छोटकरीमा उल्लेख गर्नु पर्दा शिक्षाका समग्र गुणस्तर उल्लेखनीय रुपमा सुधार, रोजगार मूलक तालिम तथा शिक्षाको प्रबद्र्धन, गुणस्तरीय प्राथमिक स्वास्थ्य सेवामा विशेषतः गरिव र पिछडिएका दुर्गम समुदयको लागि पहुँच सुनिस्चित गर्ने, महिला, बालबालिका, बृद्धबृद्धा तथा अपांगता भएकाहरुका लागि विशेषज्ञ सेवामा पहुँच बढाउने, समुदायमा आधारित जनस्वास्थ्य सेवा प्रबद्र्धन गर्ने, पालिकालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने, कृषिको ब्यबसायिक तथा आधुनिकिरण गरी पालिकालाई कृषि उपजका लागि आत्मनिर्भर र समृद्ध बनाउने, स्थानीय उत्पादन प्रबद्र्धन र बजारीकरणका लागि एक पालिका, वडा तथा टोल, एक उत्पादनको अबधारणालाइ अपनाउने, स्थानिय स्तरका सीप र उद्धमको विकास गरी रोजगारी बृद्धि गरी रोजगारीका लागि युवाहरु विदेश जानुपर्ने बाध्यता कम गर्ने, विकासका लागि आबश्यक सडक तथा अन्य पूर्वाधारको निर्माण, पालिकाको केन्द्र बैज्ञानिक र निष्पक्ष तरिकाले निर्धारण गरी गुरुयोजना तयार गरी दीर्घकालिन पूर्वाधार निर्माण गर्नु पर्नेछ ।

साथै विपन्न र पिछडिएका समुदाय तथा परिवारको उत्थानका लागि विशेष लक्षित कार्यक्रमहरु प्राथमिकताका साथ संचालन गरी गरिवीको दुष्चक्रबाट उन्मुक्ति दिन आबश्यक छ । बृद्धबृद्धाहरुको हित र जीबनको गुणस्तर सुधारका लागि समुदायमा आधारित कल्याणकारी कार्यक्रमहरु संचालन गर्ने तथा उहाँहरुको ज्ञान तथा अनुभवहरुलाई दस्ताबेजीकरण गर्ने, पालिका भित्र भएका पर्यटकीय संभावना भएका स्थानहरुको पहिचान गरी आबश्य पूर्वाधारको विकास गरी प्रबद्र्धन गर्ने, वातावरण तथा पर्याबरणको संरक्षणका लागि प्राकृतिक स्रोत तथा साधनको संरक्षण, सरकारी जमिनको संरक्षण, अर्गानिक कृषिको प्रबद्र्धन, जल तथा भू संरक्षण, बन संरक्षणका नीति तथा कार्यक्रम संचालन गर्न आबश्यक छ ।

यसका साथै पालिका जाति, जनजातिहरु र समुदायका भाषा तथा असल संस्कृतिहरुको संरक्षण र पालिका भित्र वित्तिय बिकासका लागि सहकारी तथा वित्तिय संस्थाहरुको गुणात्मक विकास गर्न जरुरी देखिन्छ । साथसाथै पालिकामा सूचना प्रविधिको अधिकतम प्रयोग गरी प्रभावकारी संचार गर्न पनि अत्यन्त महत्वपूर्ण छ ।

माथि उल्लेखित क्षेत्रगत तथा समग्र विकासका लागि पालिका, वडा तथा टोल स्तरमा संगठनात्क तथा संस्थागत क्षमता बृद्धि गरी सकृय जनसहभागिता गराउनु आबश्यक छ भने अर्काे तर्फ स्रोत साधनको प्रभावकारी पहिचान र परिचालनका लागि प्रमुख सरोकारवालाहरु (स्वदेशी तथा विदेशी ) संग समन्वय गरी क्षेत्रगत रुपमा साझेदारी प्रबद्र्धन गर्ने, कार्यक्रमका लागि प्रभावकारी र नतिजामुखी अनुगमन तथा मूल्यांकन प्रणाली स्थापित गर्ने प्रमुख रणनीतिहरु अबलम्बन गर्नु आबश्यक छ ।

साथै क्षेत्रगत रुपमा प्रभावकारी कार्यक्रम संचालनका लागि आबश्यक नीति तथा कार्यक्रम बनाई उपयुक्त र आबश्यक जनशक्तिको ब्यबस्था तथा परिचालन गर्ने जरुरी छ । जस्तै पालिका स्तरमा क्षमता युक्त विषयगत कार्यक्रम इकाइ सहित कृषि बिकासका लागि हरेक वडामा कृषि प्राविधिक, पूर्वाधार प्राविधिक, सामुदायिक स्वास्थ्य नर्स, सामुदायिक परिचालक हुनु आबश्यकछ ।

पालिकाको सम्पूर्ण आर्थिक गतिविधिहरुलाई पारदर्शी र स्रोतसाधनलाई मितब्ययी रुपमा संचालन गर्ने नीति अबलम्बन गर्ने र साथै पालिकालाइ सुशासनको क्षेत्र उदाहरणीय रुपमा संचालन गर्ने अत्यन्त जरुरी छ । तसर्थ मैले यस पदमा काम गर्ने अबसर पाएमा मेरा अनुभब, सीप तथा दक्षताको प्रयोग गरी ज्वालामुखी गापाको मुहार फेर्न र सम्पूर्ण पालिका बासीमा उत्साय र आशा दिलाउने मेरो प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस