Latest News

आज यी प्रदेशमा चट्याङसहित वर्षा हुने

Nepalese Times April 22, 2022 (2 Year ago)    529 Views

हाल नेपालमा विहार र पश्चिम बङ्गालमा आसपास रहेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ।  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यस्तै शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस