Latest News

कांग्रेसले गठन गर्यो ७ उपसमिति, कसलाई कुन जिम्मेवारी ? (सूचीसहित)

Nepalese Times April 21, 2022 (2 Year ago)    672 Views

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत सात उपसमिति गठन गरेको छ ।

समितिको बैशाख २ गतेको बैठकको निर्णय अनुसार उपसमिति गठन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस उपससभापति पूर्णबहादुर खड्का संयोजक रहेको समितिले उपसमिति गठन गरेको कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव पौडेलको भनाइ छ ।

निर्णय अनुसार केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई भ्रातृ संघ समन्वय एवं परिचालन उपसमितिको संयोजकको जिम्मेवारी तोकिएको छ । केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिको जिम्मेवारी दिइएको छ ।

त्यस्तै केन्द्रीय सदस्य प्रदिप पौडेललाई अनुगमन, मुल्याकंन तथा सुपरिवेक्षण उपसमितिको संयोजक मनोनित गरिएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मदनबहादुर अमात्यलाई शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमितिको संयाजक बनाइएको छ भने केन्द्रीय सदस्य उदय शम्शेर राणालाई विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको जिम्मेवारी दिइएको छ ।

त्यस्तै केन्द्रीय सदस्य जीतजंग वस्नेतले जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको जिम्मेवारी पाएका छन् । केन्द्रीय सदस्य रामहरी खतिवडालाई निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजक मनोनित गरिएको कांग्रेसले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति खड्कालाई केन्द्रीय निर्वाचन परिचालन समितिको संयोजक बनाएका थिए । स्थानीय तह निर्वाचन बैशाख ३० मा सम्पन्न हुँदैछ ।

प्रतिक्रिया दिनुहोस