Latest News

एमाले सांसद विजय सुवेदीले दिए पदबाट राजीनामा

Nepalese Times April 21, 2022 (1 Year ago)    731 Views

काठमाडौं– भरतपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिन बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिएका छन्।

उनलाई नेकपा एमालेले उक्त क्षेत्रको मेयरको रुपमा सर्वसम्वत उम्मेदवार सिफारिस गरेको थियो । बिहीबार सुवेदीले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामापत्र पेस गरेका छन्।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उनले बताएका छन्।

निर्वाचन आयोगले बनाएको आचार संहितामा पनि जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार हुन अघि राजीनामा दिनुपर्ने भनिएको छ। चितवनको क्षेत्र नम्बर २ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी ४ वर्ष ३ महिना बागमती प्रदेशसभा सदस्यको रुपमा रहे।

काठमाडौं । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले पदबाट राजीनामा दिने तयारी गरेका छन् । महानगरपालिकामा पुनः मेयर पदमा उम्मेदवारी दिने पिक्कापक्की भएसँगै उनले मेयर पदबाट राजीनामा दिन लागेकी हुन् ।

मेयर दाहालले पत्रकार सम्मेलन गरेर मेयर पदबाट राजीनामा दिने तयारी गरेकी हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी रेनु ५ वर्षअघि भएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेससँगको तालमेलमा मेयर जितेकी थिइन् ।

निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश खारेज भएसँगै फेरि उम्मेदवार बन्न चाहने जनप्रतिनिधिहरुले पदबाट राजीनामा दिनुपर्ने भएका हुन् ।

न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज हुने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस