Latest News

भरतपुरको मेयर पदबाट राजीनामा दिने रेनु दाहालको तयारी

Nepalese Times April 21, 2022 (2 Year ago)    841 Views

काठमाडौं । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले पदबाट राजीनामा दिने तयारी गरेका छन् । महानगरपालिकामा पुनः मेयर पदमा उम्मेदवारी दिने पिक्कापक्की भएसँगै उनले मेयर पदबाट राजीनामा दिन लागेकी हुन् ।

मेयर दाहालले पत्रकार सम्मेलन गरेर मेयर पदबाट राजीनामा दिने तयारी गरेकी हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी रेनु ५ वर्षअघि भएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेससँगको तालमेलमा मेयर जितेकी थिइन् ।

निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश खारेज भएसँगै फेरि उम्मेदवार बन्न चाहने जनप्रतिनिधिहरुले पदबाट राजीनामा दिनुपर्ने भएका हुन् ।

न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज हुने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

यस्तै सत्ता गठबन्धनले वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी आमसभा गर्ने भएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन संयन्त्रको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।

उक्त सभाहरूलाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेत गरी ६ जना शीर्ष नेताहरुले सम्बोधन गर्ने गठबन्धनले जनाएको छ । निर्णयअनुसार वैशाख १८ गते धनगढीमा आमसभा हुनेछ भने सोही दिन सुर्खेतमा पनि हुनेछ ।

यस्तै वैशाख १९ गते बुटवल र पोखराका साथै २० गते विराटनगर र जनकपुरमा हुनेछ । यसैगरी २२ गते काठमाडौंमा आमसभा हुनेगरी कार्यक्रम बनाइएको संयन्त्रका सदस्यसचिव केशवराज जोशीले जानकारी दिए ।

साथै बैठकले गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको कार्यालय व्यवस्थित गरेर प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय गरेको उनको भनाइ छ ।

गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन आपसी छलफललाई तीव्रता दिने गुरुले बताए । बुधबार मात्र गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिका चुनावी तालमेलका लागि सिट बाँडफाँट टुङ्ग्याएका थिए ।

यस्तै, देशभर रहेका ६ वटा महानगरपालिकाको प्रमुखमा सहमति जुटाएको सत्तारुढ गठबन्धनले उपमेयरको भागवण्डा पनि मिलाएको छ । कांग्रेसलाई तीन र अरुलाई एक एकवटा महानगरको भागवण्डा गरिएको छ ।

सहमति अनुसार काठमाडौ, ललितपुर र बिराटनगरमा मेयर पाएको कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा टिकट सुनिश्चित गरेको छ । यस्तै पोखराको मेयर निश्चित गरेको नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट काठमाडौंमा उपमेयरमा प्रतिष्पर्धा गर्ने भएका छन् ।

सहमतिअनुसार ललितपुरमा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार उठ्नेछन् भने बिराटनगरमा जसपाले उममेयरको टिकट सुनिश्चत गरेको छ ।

प्रतिक्रिया दिनुहोस