Latest News

काठमाडौंसहित देशभर शनिवारसम्म नै वर्षा हुने, महाशाखाले दियो यस्तो चेतावनी

Nepalese Times April 21, 2022 (1 Year ago)    490 Views

काठमाडौं । हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ।

हाल सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको २४ घण्टामा देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले बुलेटिनमार्फत चेतावनी दिएको छ ।

देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन महाशाखाका मौसमविद्को आग्रह रहेको छ ।

आज विहिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।देशका पहाडी भू-भागका केही स्थान र बाकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

विहीबार राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, बाग्मती तथा प्रदेश १ का थोरै स्थान र बाकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, बाग्मती तथा प्रदेश १ का केही स्थान र बाकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस