Latest News

गभर्नर अधिकारीको पुनर्वहाली भएसँगै शर्माले भने – अब राजीनामा दिनुपर्ला कि !

Nepalese Times April 21, 2022 (1 Year ago)    644 Views

काठमाडैं । गमभर्नर महाप्रसाद अधिकारीको पुनर्वहाली भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण उनको पुनर्वहाली भएसँगै अर्थमन्त्री जनार्दन शर्मा समस्यामा परेका छन् ।

अर्थमन्त्री शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेको समयमा सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भनेका छन् । उनले सामाजिक संजालमार्फत अर्थमन्त्री जनार्दन शर्मालाई अप्रत्यक्ष रूपमा पदबाट राजीनामा दिन आग्रह गरेका हुन् ।

गमभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्बनविरुद्ध मंगलबार मात्र अन्तरिम आदेश जारी गर्दै सर्वोच्च अदालतले उनलाई काम गर्न दिन र तत्काल कारबाही नगर्न भनेको छ।

दुई दशकअघि आफूले हटाएका गभर्नर तिलक रावललाई सर्वोच्च अदालतले पुनर्बहाली गराएपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए। त्यही नजिर स्मरण गराउँदै कांग्रेस महामन्त्री शर्माले अहिलेका अर्थमन्त्री शर्माले पनि त्यसो गर्नु उचित हुने संकेत गरेका हुन्।

महेश आचार्यको तस्बिरसहित बुधबार बिहान शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बेलाबेला यस्तो तस्बिर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्– नैतिक मूल्यको प्रस्तुतिलेनै सुन्दर बन्दै जान्छ राजनीति।’

उनले अगाडि लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो।’

 

 

प्रतिक्रिया दिनुहोस