Latest News

डब्ल्युएचओका महानिर्देशक आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

Nepalese Times April 21, 2022 (2 Year ago)    475 Views

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा। टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । सद्भावपूर्ण भ्रमणका लागि महानिर्देशक गेब्रेयसस नेपाल भ्रमणमा आउन लागेका हुन् ।

महानिर्देशक गेब्रेयससले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । तीन दिने भ्रमणका लागि आउन लागेका महानिर्देशक गेब्रेयससले आज नै स्वास्थ्य मन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री नारायण खड्कालाई समेत भेट्ने छन् ।

आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई पनि भेट्ने भएका छन् । महानिर्देशक गेब्रेयससले शुक्रबार राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवासँग भेट गरी हनुमान ढोका दरबार स्वाक्यर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, पाटन हाइस्कुल, र टाइफाइड खोप कार्यक्रमका बारेमा समेत जानकारी लिने कार्यक्रम तय भएको छ ।

महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारी, डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्ने छन् । महानिर्देशक गेब्रेयससको टोली शनिबार बिहान स्वदेश फर्कने पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस