Latest News

स्थानीय तह निर्वाचनमा वडा सदस्यदेखि मेयरका उम्मेदवारले कति राख्नुपर्छ धरौटी ?

Nepalese Times April 20, 2022 (2 Year ago)    634 Views

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ । त्यसको लागि निर्वाचन आयोगले वडा सदस्य देखि अध्यक्ष र प्रमुखका लागि धरौटी रकम तोकेको छ ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहको वडा सदस्य उठ्नेले ५०० धरौटी बुझाउनु पर्ने हुन्छ । वडा अध्यक्षका लागि एक हजार रुपैयाँ धरौटी तोकिएको छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि १ हजार ५ सय रुपैयाँ धरौटी तोकिँदा नगर प्रमुख र उपप्रमुखको धरौटी रकम पनि १ हजार ५ सय रहेको छ । निर्वाचन आयोगले महिला, दलित वा अल्पसङ्ख्यक समुदायका लागि भने धरौटीमा ५० छुटको व्यवस्था गरेको छ ।

निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश मंगलबार खारेज भएको छ ।

योसँगै स्थानीय तहका जनप्रतिनिधिले अब स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने व्यवस्था कायमै रहने भएको छ ।

न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज हुने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस