Latest News

चुनावको मुखमा एकीकृत समाजवादीले गर्यो पार्टी एकता

Nepalese Times April 19, 2022 (2 Year ago)    924 Views

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीसँग भविसोर पराजुली नेतृत्वको नेकपा गौरवशाली पार्टीबीच एकीकरण भएको छ । मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकता भएको घोषणा गरिएको हो ।

पार्टी एकता घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार, महासचिव डा. बेदुराम भुसालसहित शीर्ष नेता सहभागी थिए भने गौरवशाली पार्टीका अध्यक्ष भविसोर पराजुली लगायतका नेताहरु सहभागी थिए ।

कार्यक्रममा अध्यक्ष पराजुलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन सच्चा कम्युनिस्ट पार्टीबीच एकता हुन आवस्यक रहेकाले आफ्नो नेतृत्वको पार्टी समाजवादीमा एकीकरण गरेको बताए ।

यस्तै नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा। विजय पौडेलले जानकारी दिए । घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔंलगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गर्न सकिने कामहरु मात्रै अघि सारेको बताएका छन्। हरेक स्थानीय तहमा घोषणापत्र सार्वजनिक गर्नका लागि यसले मुल नीतिबारे प्रष्ट पार्नका लागि घोषणापत्र सार्वजनिक गरिएको उनले बताए।

घोषणापत्रमा ४ वटा प्रमुख र ३७ वटा उपबुँदा रहेको जनाइएको छ। ‘मुल महत्व विद्रोह किन गर्यौं भन्ने राखेका छौं। विगतमा स्थानीय तहमा गरेका कामहरूलाई पनि राखेका छौं’ एकीकृत समाजवादीले भनेको छ।

घोषणापत्रमा पार्टी अध्यक्ष समेत रहेका माधव कुमार नेपाल नेतृत्वको तत्कालीन सरकारले गरेका काम उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस