Latest News

एकीकृत समाजवादीले सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा के छ ? (पूर्णपाठ)

Nepalese Times April 19, 2022 (2 Year ago)    524 Views

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा। विजय पौडेलले जानकारी दिए । घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔंलगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गर्न सकिने कामहरु मात्रै अघि सारेको बताएका छन्। हरेक स्थानीय तहमा घोषणापत्र सार्वजनिक गर्नका लागि यसले मुल नीतिबारे प्रष्ट पार्नका लागि घोषणापत्र सार्वजनिक गरिएको उनले बताए।

घोषणापत्रमा ४ वटा प्रमुख र ३७ वटा उपबुँदा रहेको जनाइएको छ। ‘मुल महत्व विद्रोह किन गर्यौं भन्ने राखेका छौं। विगतमा स्थानीय तहमा गरेका कामहरूलाई पनि राखेका छौं’ एकीकृत समाजवादीले भनेको छ।

घोषणापत्रमा पार्टी अध्यक्ष समेत रहेका माधव कुमार नेपाल नेतृत्वको तत्कालीन सरकारले गरेका काम उल्लेख गरिएको छ।

यस्तै, २०५१ सालको तत्कालीन एमाले (मनमोहन अधिकारी नेतृत्वको) सरकारले गरेका काम र उक्त सरकारले अगाडि सारेको ‘आफ्नो गाउँ आफैं बनाउँ’ कार्यक्रमबारे पनि चर्चा गरिएको विजय पौडेलले जानकारी दिए।

यस्ता छन् नेकपा घोषणापत्र

प्रतिक्रिया दिनुहोस