Latest News

के गठबन्धन टुट्न लागेको हो ? देउवाले दिए यस्तो अभिव्यक्ति

Nepalese Times April 19, 2022 (2 Year ago)    752 Views

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा टुटाउन नहुने बताएका छन् । मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि त्यो षड्यन्त्र असफल पार्नुपर्ने बताए ।

‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ ? त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन’, प्रधानमन्त्री देउवाले भने, ‘त्यसकारणले कसैसँग त गठबन्धन गर्नैपर्यो ।

काँग्रेस ठुलो होस् हामी सानो नै हुन्छौ भनेका छन् उनीहरुले अनि मैले के गल्ती गरेँ ।’ उनले गठबन्धन कुनै हालतमा तोड्नु हुँदैन भन्दै आफू प्रधानमन्त्री र पार्टी सभापति भइसकेकाले अब हुने नयाँ पुस्ताको पालो भएको पनि बताए । ‘म प्रधानमन्त्री भइसके अब तपाईहरु हुनुस् भोली’, देउवाको भनाइ छ ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र व्यवस्था बचाउन वर्तमान सत्ता गठबन्धन बनेको भन्दै गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली थरथरी कापेको बताएका छन् ।

उनले लोकतन्त्रको लडाई बाँकी नै रहेकाले सवै सजग भएर लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरुविरुद्ध सतर्क हुनुपर्ने पनि बताए । ‘गठबन्धन सत्ताका लागि होइन व्यवस्थाका लागि हो । शेरबहादुरलाई प्रम बनाउन होइन नेपालको परिवर्तन र अग्रगामी बाटोमा रुपान्तरण गर्न हो’, पौडेलले भने, ‘यो शक्ति देखेर केपी ओली थरथरी कापेका छन्, हतास अभिव्यक्ति दिन पुगेका छन् ।’

उनले गठबन्धनको शक्तिबाट अत्तालिएर केपी ओली भ्रष्ट, प्रतिगामी र अवसरवादीको शरणमा पुगेको पनि पौडेलले बताए । ‘यहि हप्तामा हेर्नुस् उनले कस्ता कस्ता तत्त्वसँग एयालइन्स गरे ? ’, पौडेलको भने ‘राजनीतिक स्थायित्वका लागि हामी सवै एकजुट हुन जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस