Latest News

सशस्त्र प्रहरीका ५६ इन्सपेक्टर डीएसपीमा बढुवा, को-को परे ? (सूचीसहित)

Nepalese Times April 19, 2022 (2 Year ago)    1240 Views

काठमाडौं – सशस्त्र प्रहरीका ५६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ।

रिक्त ५६ डीएसपी पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको सोमबारको बैठकले बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस गरिएको सूचना प्रकाशित गरिएको छ। बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरुले ऐन नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछन्।


सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी डीआईजी विदुर खड्काले पाएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले खड्कालाई प्रवक्ता ताकेका हुन् । खड्का केही दिनअघि डीआईजीमा बढुवा भएका थिए ।

यसअघि कायम मुकायम एसएसपी कमल तिउसिना सशस्त्र प्रहरी बलको प्रवक्ता थिए । सशस्त्र प्रहरीसँग सम्बन्धित सूचना र जानकारीका लागि ९८५१२७२००७ मा सम्पर्क राख्न सकिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त भएका छन् । शैलेन्द्र खनाल चार वर्षे कार्यकाल पूरा गरेर सोमबारदेखि अनिवार्य अवकाश पाएपछि रिक्त पदमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई आईजीपीमा नियुक्त गरेको हो।

खनालको बिदाइपछि केसीलाई निमित्त प्रमुखको जिम्मेवारी समेत दिइएको थियो। एआईजी पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख थिए। रामशरण पौडेल र केसी आईजीपीका प्रतिस्पर्धी भए पनि सरकारले वरियतामा अगाडी रहेका केसीलाई नै आईजीपी बनाएको हो।

प्रतिक्रिया दिनुहोस