Latest News

एकाबिहानै बझाङमा भूकम्पको धक्का, मानिसहरु भागाभाग

Nepalese Times April 19, 2022 (7 Month ago)    465 Views

काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बझाङको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

भूकम्पको धक्का बझाङसहित छिमेकी जिल्लासम्म महसुस गरिएको थियो । भूकम्पका कारण क्षति भए–नभएको विवरण भने आएको छैन ।भूकम्पकको धक्काका कारण मानिसहरु घरबाहिर निस्किका थिए । उनीहरुको केही समय भागाभाग नै मच्चिएको थियो ।

यस्तो छ नेपालमा भूकम्पको इतिहास

नेपालको भूक-म्प इतिहास केलाउँदा १२१८ सालको रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूक-म्प मानिन्छ । वि सं १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७‍.७ रेक्टर स्केलको भूक-म्प गएको विज्ञहरूको भनाइ छ । यही भूक-म्पमा परी राजा अभय मल्लको निधन भएको थियो ।

यो भूक-म्पले काठमाडौँ उपत्यकाका एकतिहाई जनसङ्ख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो ।

यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूक-म्प १३१६ सालको हो । यो भूक-म्पले पनि अत्यासलाग्दो ढङ्गले क्षति पुर्‍याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।

करीब १४९ वर्षपछि वि।सं। १४६५मा आएको भूक-म्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढले । जमीनमा ठूलठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाए । यस भूक-म्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए ।

नेपालमा अन्य थुप्रैपटक भूक-म्प गएको भनाइ रहेको भए तापनि प्रामाणिक तिथिमिति नभेटिएकामध्ये वि.सं. १७३७ सालको राति भूक-म्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत निम्त्याएको थियो भने वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूक-म्पको धक्का महसूस गरियो ।

यसले के कति धनजनको क्षति पुर्यायो, त्यसको पनि कुनै अभिलेख पाइँदैन तर २४ घन्टाभित्रमा २१ पटक भूक-म्प जाँदा ठूलै क्षति भएको अनुमान गरिएको छ । वि.सं. १८६७ जेठ १० गते गएको भूक-म्पबाट काठमाडौँ र ललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए ।

भक्तपुरमा चाहिं यस भूक-म्पले निकै मानिसको ज्यान लिएको थियो । यस्तै वि.सं. १८८० यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिंदा यो भूक-म्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूक-म्पगएको थियो । यो विपत्तिले पनि निकै क्षति पुर्यायो । उल्लेखित भूक-म्पको क्षति विवरणको एकिन तथ्यांक नभए तापनि त्यसपछिका नेपालमा गएको भूक-म्पहरूको तथ्यांक स्पष्ट पाइन्छ ।

वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करीब ६ बजेतिर ठूलो विनाशकारी भूक-म्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूक-म्पको झड्का महसूस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यस भूक-म्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई नराम्रो प्रभाव पार्यो ।

काठमाडौँमा रहेका दुईवटा धरहरा मध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो । सो भूक-म्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भूक-म्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पार्यो । भूक-म्पले घाउ सेलाउन नपाउँदै एक वर्षपछि वि.सं. १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूक-म्प गए । पानी परिरहेका बेला यी भूक-म्प गएको कारणले बागमतीमा ठूलो बाढी आयो ।

नेपालको भूक-म्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूक-म्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूक-म्पले देशलाई नराम्रो असर पार्यो ।

 

प्रतिक्रिया दिनुहोस