Latest News

सत्ता गठबन्धनको बैठकबाट प्रचण्ड बाहिरिए, अहिलेसम्म के–के भयो सहमति ?

Nepalese Times April 18, 2022 (2 Year ago)    1052 Views

काठमाडौं । सत्तारुढ दलका नेताहरुको बैठकबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएका छन् । बिहान १० बजेदेखि सुरु भएको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएका छन्।

सत्ता गठबन्धनका शीर्षस्थ नेताहरूसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्यहरूको बैठक लम्बिने भएसँगै अध्यक्ष प्रचण्ड बाहिरिएका हुन् ।

गठबन्धनको बैठकमा साझा चुनाव चिन्ह लिएर लड्ने सहमति पनि जुटेको छ । जुन पालिकामा जसको प्रमुखमा उम्मेदवारी हुने हो, त्यही दलको चुनाव चिह्नमा पाँचै दल सहभागी हुने निर्णय भएको एक नेताले बताए ।

प्रस्तावित भागबण्डा अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पद पाउने भएको छ । यस्तै माओवादी केन्द्रलाई भरतपुर महानगरपालिका, एकीकृत समाजवादीलाई पोखरा महानगरपालिका, र जनता समाजवादी पार्टी ९जसपा० लाई विरगन्ज महाननगरपालिकाको मेयर दिने मोटामोटी सहमति जुटेको छ ।

यस्तै धरान उपमहानगरपालिकामा कांग्रेस, ईटहरी उपमहानगरपालिकामा समाजवादी, जनकपुरमा कांग्रेस, जितपुर सिमरामा माओवादी, कलैयामा जसपा, हेटौंडामा समाजवादी, बसटवलमा कांग्रेस, घोराहीमा कांग्रेस, तुलसीपुरमा कांग्रेस, नेपालगन्जमा कांग्रेस र धनगढीमा कांग्रेसलाई मेयरको उम्मेदवार बनाउने मोटामोटी सहमति भएको छ ।

स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक केही बेरका लागि स्थगित भएको छ । बैठक आजै फेरि बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

स्थानीय तहको चुनाव नजिकिको सन्दर्भमा पार्टीको तयारी र योजनाका बारेमा प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरेका र पत्रकार सम्मेलन लगत्तै उनी फेरि बालुवाटार पुग्ने माओवादी केन्द्रका एक नेताले बताए ।

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलबीच तालमेल गर्ने सहमति भइसकेको भए पनि सिट भागबन्डामा अझै कुरा मिल्न सकेको छैन।

सोही विषयमा छलफल गर्न अहिले प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनका शीर्ष नेतासहितको बैठक बसिरहेको हो । जारी बैठकले महानगर र उपमहानगरका प्रमुख र उपप्रमुख पदमा ककसले उम्मेदवारी दिने भन्ने विषयमा निर्णय गर्ने भनेर यसअघि नै नेताहरुले बताएका छन्।

पटकपटक बैठक बसे पनि उनीहरूले आपसमा स्थानीय तहको सिट बाँडफाँडको टुंगो लगाउन सकेका छैनन्। आइतबार बसेको बैठक पनि बिनानिष्कर्ष सकिएको थियो।

आईतबार राति कार्यदलले तयार पारेको ड्राफ्ट अहिले बिहान बालुवाटारको शीर्ष नेताको बैठकमा पेस गरिएको थियो । जसअनुसार घोराहीका लागि माओवादीको दाबी भने जारी छ ।

इटहरीमा कांग्रेसले समाजवादीलाई छोड्न लचिलो भएको एक नेताले बताए । राप्रपासँग तालमेल भयो भने उसलाई नेपालगञ्ज दिने कुरा पनि गठबन्धनबीचमा चलेको छ ।

 

प्रतिक्रिया दिनुहोस