Latest News

राप्रपा प्रवेशका लागि लिङ्देनले गरे दोश्रो सार्वजनिक आह्वान, सयौंको संख्यामा प्रवेश गर्दै

Nepalese Times April 17, 2022 (2 Year ago)    798 Views

काठमाडौं । यथास्थितिमा परिवर्तनको देशव्यापी अभियान सञ्चालन गरिरहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा प्रवेशका लागि दोश्रो आह्वान गरेका छन् ।

बैशाख १ गते नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान र सार्वजनिक पार्टी प्रवेशको आह्वान गरेका लिङ्देनले ठूलो संख्यामा राप्रपामा प्रवेश गराएका थिए । बैशाख ५ गतेका लागि दोश्रो सार्वजनिक आह्वान गरिएको छ ।

यसअघिको पहिलो आह्वानमा चिकित्सक रामप्रसाद उप्रेती, सशस्त्र प्रहरीका पूर्व डिआइजी मन्दिप श्रेष्ठ, सामाजिक अभियन्ता ज्वाला संग्रौला, जिता बराल, गत निर्वाचनमा ललितपुर महानगरमा माओवादी केन्द्रबाट उपमेयरको उमेदवार रहेकी हसिना शाक्य, ६ जना चार्टर्ड एकाउन्ट, ४ जना इन्जिनियर सहित सयौंको संख्यामा राप्रपा प्रवेश गरेका थिए ।

अघिल्लो आह्वानबाट उत्साहित भएका लिङ्देनले पुनः दोस्रो आह्वान गरेका हुन् । पछिल्लो डेढ महिनामा अधिकांश समय राजधानी बाहिरका सभाहरुमा पुग्ने कार्यक्रम बनाएका लिङ्देनले बैशाख ५ गतेका लागि दोश्रो आह्वान गरेका हुन् ।

यसपटक पनि उल्लेख्य संख्यामा विभिन्न क्षेत्रका व्यक्तिहरु प्रवेश गर्नेछन्, राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने, ुमंसिरमा सम्पन्न राप्रपाको महाधिवेशन पछि हालसम्म पचास हजार भन्दा बढी राप्रपामा प्रवेश भइसकेको छ, भोलि पनि सयौं व्यक्तिहरु प्रवेश गर्ने तयारी छ ।

यस्तै लिङ्देनले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि उपयुक्त वातावरण बनाउने बताएका छन् ।
आइतबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले राप्रपाले चाहेर हुने भए र ल्याउन सक्ने भए राजालाई नारायणहिटीमा ल्याउने र हिन्दू राष्ट्र आजै पुनर्स्थापना गर्ने बताए ।

यद्यपि यसका निम्ति उपयुक्त वातावरण बनाउने काममा लागिपरेको र मौका आउनेवित्तिकै राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना हुने उनले बताए । राजसंस्था पुनर्स्थापित भए राष्ट्र प्रमुखको अभिभावकीय संस्थाको रुपमा रहने उनले बताए ।

स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन नगर्ने बताउँदै उनले आफ्नै बलबुतामा चुनाव लड्ने बताए । चुनावमा राम्रो परिणाम प्राप्त हुने विश्वास अध्यक्ष लिङ्देले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस