Latest News

नावालिग गायिकाले बयान फेरेसँगै पुजा शर्माले खुशी हुँदै लेखिन् यस्तो स्टाटस

Nepalese Times April 17, 2022 (2 Year ago)    1264 Views

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा पीडित भनिएकी नाबालिग गायिकाले अदालतमा बयान फेरेसँगै शाहका समर्थकहरु खुशी भएका छन् ।

जिल्ला अदालत तनहुँमा आज बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको भन्दै बयान फेरिएकी हुन् । आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीले बताएका छन् ।

उनको यो बयानसँगै नायिका पुजा शर्मालेसमेत सामाजिक संजालमार्फत खुशी व्यक्त गरेकी छिन् । उनले फेसबुकमा एक स्टाटसमा भनेकी छिन्, ‘थ्यांक्स् गड’

नाबालिग भनिएकी गायिकाको पक्षबाट गएका एक वकिलले भने– ‘होस्टाइल भइन्, बयान पूरै रेडिमेट दिइरहेकी छन् । आफूलाई पलले करणी नगरेको भन्दै छिन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुँ भनिन् । जबकी उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी थिइन् । एकाएक अहिले सबै उक्साहटमा हो भन्दैछिन् ।’

जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका नाबालिगले ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन्। स्रोतका अनुसार उनले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकी छन्।

पललाई गत चैत २३ गते जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। थुनछेक बहसपछि जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पुर्पक्षका लागि तनहुँ कारागारमै पठाउन आदेश दिएको थियो। ​

अदालतको आदेशपछि अहिले उनलाई त्यसअघि आदेश भएको तनहुँ कारागार लगिएको थियो। ​अब नवलपुर अदालतमा शाहको बकपत्रका वैशाख ७ गते हुँदैछ। त्यसअघि तनहुँमा आइतवारदेखि बकपत्र भएको हो।

नाबालिग गायिका बलात्कारको आरोपमा उनलाई त्यसअघि जिल्ला अदालत तनहुँले पनि चैत १० गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। उनी कारागार कार्यालय तनहुँमा थिए।

२०७८ वैशाख १४ गते तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेको थियो। गत फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

तिनै गायिकाले गैँडाकोटमा पनि आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएपछि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा दर्ता भएको थियो।शाहलाई १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय नवलपुरले चैत ३ गते मुद्दा दायर गरेको थियो।

तनहुँ अदालतबाट भएको आदेशविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरिसकेका छन्। उनको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले यससम्बन्धी कैफियत प्रतिवेदन झिकाइसकेको छ। यसबीचमा पलको परिवारले गायिकाको परिवारलाई प्रभावमा लिएर बयान फेर्न प्रेरित गरेको आशंका गरिएका छन् ।

बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी व्यवस्था छ । यस्तै मुलुकी फौजदारी कार्यविधि ९संहिता० ऐन, २०७४ को दफा ४४ को २ (क) मा झुटा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई अदालतले तीन महीनासम्म कैद वा रू ५ हजारसम्म जरिवाना वा दुवै सजाय गर्नसक्ने व्यवस्था छ।

त्यही दफाको २ ९ख० मा व्यक्तिगत रिसइबीले वा कुनै प्रलोभनमा परी उजुरी गरेको भन्ने अदालतलाई लागेमा सफाइ पाउने व्यक्तिलाई उजुरीकर्ताबाट अदालतले मनासिब क्षतिपूर्ति भराइदिनसक्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस