Latest News

काँग्रेसले गठबन्धन नगर्ने संकेत गरेपछि बाबुराम र उपेन्द्रसँग प्रचण्डको छलफल, के-के भयो कुराकानी ?

Nepalese Times April 17, 2022 (2 Year ago)    839 Views

स्थानीय तहको चुनाव नजिकिएसंगै सत्ता गठबन्धन दलका शिर्ष नेताहरु भेटघाटमा व्यस्त हुन थालेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईबीच भेटघाट भएको छ । यसअघि आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा तीन नेताबीच बिहान साढे ११ बजेतिर भेटघाट भएको हो ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा केही पालिकाहरुमा उम्मेदवारीको विषयमा समस्या देखिनथालेपछि प्रचण्डसँग बाबुराम र उपेन्द्रले छलफल गरेका हुन्।

स्थानीय निर्वाचनमा जसपालाई माओवादीले निषेध गरेको भन्दै बाबुराम र उपेन्द्रले प्रचण्डसँग गुनासो गरेका छन् । पाँच दलीय चुनावी तालमेलमा माओवादीले निषेध गरेपछि सहज वातावरण बनाउने विषयमा तीन नेताबीच छलफल भएको बताएको छ ।

पछिल्ला दिन चितवनको भरतपुर महानगरपालिका, कञ्चनपुर जिल्लामा कांग्रेसका नेताहरुले नै गठबन्धन स्वीकार्न नसकिने भन्दै विज्ञप्ति जारी गरिसकेका छन्।

कांग्रेससहितको सत्ता गठबन्धन दलबीच आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने सहमति कार्यान्वयनमा जटिलता देखिएपछि त्यसको समाधानको लागि प्रचण्डले देउवासँग छलफल गरेका हुन्।

यदि नेपाली काँग्रेससँग सबै स्थानीय तहमा चुनावी तालमेल हुने स्थिति नभएमा जसपा र माओवादीले एक आपसमा सघाएर जाने वातावरण मिलाउने बारेमा समेत छलफल भएको छ ।

जसपा मधेस प्रदेशसहित लुम्बिनी प्रदेशका तराईका जिल्लामा मात्रै बढी प्रभाव भएका तर अन्य जिल्लामा कमजोर भएकाले त्यसमा माओवादीले निषेध गरेको छ ।

प्रतिक्रिया दिनुहोस