Latest News

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकियो, महानगरको मेयर र उपमेरयरको उम्मेदवारीबारे के भयो निर्णय ?

Nepalese Times April 17, 2022 (2 Year ago)    1426 Views

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक भर्खरै सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक भर्खरै सकिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

वालुवाटारमा बसेको गठबन्धनका शिर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगर रउपमहानगरबारे टुंगो लगाउने निर्णय गरेको छ । बाकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय भएको प्रचण्ड सचिवालयका एक सदस्यले बताएका छन् ।

‘५ दलका नेताहरुको बैठक बसेको छ। कार्यदलको बैठक बसेर छिटो पदहरुको बाँडफाँट गर्ने भन्ने कुराकानी भएको छ,’ सचिवालयका एक सदस्यले भने, ‘आजै कार्यदलको बैठक बसेर यसबारेमा निर्णय गर्नेछ।’

उनका अनुसार आज ९आइतबार० दिउँसो १ बजे कार्यदलको बैठक बस्ने तय भएको छ। गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा अब कार्यदलले नै लगातार काम गर्ने सहमति भएको पनि उनले जानकारी दिए।

‘जिल्लाहरुमा आधार तयार पारेर पठाएका थियौं। त्यसका बारेमा बिहानको बैठकमा छलफल भएको छ। जिल्लाबाट आएका रिर्पोटमाथि हाम्रो छलफल चल्छ,’ उनले भने, ‘कार्यदलले अब यसमै काम गरेर छिटो स्थानीय तहमा कहाँ कसरी बाँडफाँट गर्ने भन्ने टुंगो लगाउने छ।’

कार्यदलले बाँडफाँटका विषयमा आवश्यक निर्णय गरिसकेपछि उक्त निर्णय शीर्ष नेताहरुलाई पेस गरिने छ। महानगर र उपमहानगरको टुंगो केन्द्रले लगाउने यसअघि नै निर्णय भइसके पनि यसमा अहिलेसम्म सहमति जुट्न सकेको छैन। कार्यदलले महानगर र उपमहानगरको विषयमा पनि छलफल गरेर शीर्ष नेताहरुलाई जानकारी दिने बताइएको छ।

निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ता गर्ने समय बैशाख ११ र १२ गतेका लागि तोकेको छ। मनोनयन दर्ताको समय नजिक आइसक्दा पनि गठबन्धन दलले भने बाँडफाँटको टुंगो लगाउन सकेका छैनन्।

स्थानीय तहको निर्वाचनबाट प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा केही पालिकाहरुमा उम्मेदवारीको विषयमा समस्या देखिनथालेपछि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको हो। उक्त छलफलमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि रहेका छन्। केही नगर र गाउँपालिकामा देखिएको उम्मेदवारीबारेको समस्या समाधानका लागि गम्भीर छलफल भइरहेको प्रचण्डको सचिवालयका एक सदस्यले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस