Latest News

राप्रपाका गिरिराज पुरुष र निराजन बमले गरे उम्मेदवारी घोषणा

Nepalese Times April 17, 2022 (2 Year ago)    698 Views

काठमाडौं । राप्रपाका दुई युवाहरु गिरिराज पुरुषले बर्दियाको मधुवन नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै निराजन बमले कालिकोटको पलाँता गाउँपालिकाको अध्यक्ष पदमा उमेदवारी घोषणा गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

राजनीतिमा सम्भावना भएका युवाले जनताबाट अनुमोदित हुने, जनताको सेवामा आफूलाई समर्पित गर्ने र पार्टीको उचाइ बढाउने सोचाइका साथ चुनावमा होमिनु सुखद, प्रेरणादायी र पार्टीको सुन्दर भविष्यको संकेत रहेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

अन्य नगरपालिका र गाउँपालिकामा पनि यसैगरी उम्मेदवारी घोषण गर्न आग्रह गर्दै प्रवक्ता श्रेष्ठले गिरिराज पुरुष प्रभु र निराजन बम पलाँतालाई विजयको शुभकामनासमेत दिएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरु र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले वीरगञ्जमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका हुन् ।

नेताहरुले कमिशन र भ्रष्ट्राचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनु पर्ने भएकाले घरमै थन्क्याएका उनले जिकिर गरे । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर(घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिनु पर्ने बताए ।

आफ्नै जिवनकालमा देश बनेको हेर्नका लागि मतदाताहरुले पार्टी र नेता फेर्ने बेला आएको बताउँदै अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले, माओवादी र मधेशवादी दललाई मत दिएर देश बन्नु भनेको दूधका लागि साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरे । उनले देशका ठूला राजनीतिक पार्टीहरुले देशलाई बर्बादीको बिन्दुमा पुर्‍याएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस