Latest News

स्थानीय चुनावमा कमल थापाले किन रोजे सूर्य चिन्ह, दिए यस्तो प्रतिक्रिया

Nepalese Times April 16, 2022 (2 Year ago)    659 Views

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको चुनाव चिन्हबारे जनतालाई बुझाउन अप्ठ्यारो परेपछि सूर्य चिन्ह रोजिएको बताएका छन् ।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापा सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रो पार्टी नयाँ भएका कारण चुनाव चिन्हबारे जनतालाई कम ज्ञान छ, त्यसैले अहिले सूर्य चिन्ह लिएर चुनाव लड्न लाग्यौं ।’

आफु नेतृत्वमा रहँदा १५ वर्षमा कमाएको आम्दानीले अहिलेको राप्रपा चलिरहेको टिप्पणी गर्दै उनले उक्त पार्टीमा सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएपछि नयाँ पार्टी पुनर्जागृत भएको दाबी गरे ।

अध्यक्ष थापाले नेपालमा अब राजसंस्था पुनःस्थापनाको सम्भावना नभएको समेत बताए । उनले पार्टी स्थापनाको दुई महिनाको छोटो अवधिमा ७७ जिल्लामा पार्टीगत संरचना निर्माण भएको बताउँदै आधा दर्जन बढी भ्रातृ संगठन निर्माण गरिएको बताए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजसंस्था पुनर्स्थापनाको सम्भावना नरहेको टिप्पणी गरेका छन् ।

शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेको भन्दै अब राजसंस्था पुनर्स्थापना नहुने बताएका हुन् ।

थापाले राप्रपाले हिन्दुराज्यको एजेन्डा रोकिएकोले नयाँ पार्टी स्थापना गर्नु परेको बताए । उनले राप्रपामा सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएको आरोप समेत लगाए ।

‘अहिले राप्रपाका साथीहरु हामीले कमाइदिएको पुँजीमा रमाउनु भएको छ, थापाले भने ।

प्रतिक्रिया दिनुहोस