Latest News

ललितपुर महानगर मेयरमा काँग्रेसबाट सात जनाको नाम, को-को छन् ?

Nepalese Times April 15, 2022 (2 Year ago)    517 Views

नेपाली काँग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस गरेको छ।

काँग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरिबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो । काँग्रेस ललितपुर महानगर कार्यसमितिले नाम सिफारिस गरेको हो ।

महानगरमा मेयरको उम्मेदवारको टुंगो काँग्रेस केन्द्रीय कार्यसमितिले लगाउनेछ । काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरिसकेको छ ।

यस्तै नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक शुक्रबार बस्दैछ । स्थानीय तहको निर्वाचनका सन्दर्भमा छलफल गर्न दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको समितिको आजको बैठकले प्रदेश स्तरीय गठबन्धनको संयन्त्रलाई सहजीकरण गर्न सातै प्रदेशमा सहमहामन्त्रीलाई पठाउने छ । समितिमा काँग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस