Latest News

माओवादी केन्द्रको बैठक : स्थानीय तहको चुनाव र तालमेलबारे गर्यो महत्वपूर्ण निर्णय

Nepalese Times April 15, 2022 (2 Year ago)    833 Views

काठमाडौं – आगामी स्थानीय तहका निर्वाचनका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको छ।

शुक्रबार विहान ८ बजेदेखि १० बजेसम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा पार्टी केन्द्रीय कार्यालय तथा उपलब्ध पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुको विस्तारित बैठक बसेको हो।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठकमा स्थानीइ तह निर्वाचनको तयारीको अवस्था र पार्टीले लिने रणनीतिबारे छलफल भएको जानकारी दिए।

बैठकमा देशभरको अवस्थाबारे रिपोर्टिङ र अध्यक्ष प्रचण्डले चुनावी तालमेलबारे बिफ्रिङ गरे। सबै पार्टी पङ्क्तिलाई एकतावद्ध भएर चुनावमा केन्द्रीत हुन् प्रचण्डले निर्देशन दिएका छन्।

यस्तै भरतपुरलगायत स्थानमा के कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस