Latest News

यी हुन् राष्ट्रपति भण्डारीबाट पदक पाउने व्यक्तिहरू (फोटो फिचर)

Nepalese Times April 14, 2022 (1 Year ago)    657 Views

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छन्।

गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु स्व तुल्सीलाल अमात्य, स्व मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व दुर्गानन्द झा, स्वरसम्राट स्व नारायणगोपाल गुरुवाचार्यलाई मानपदवी प्रदान गरियो।

यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व पोष्टबहादुर बोगटी, स्व मार्शलजुलुम शाक्य, उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सुशोभन गरियो। विभूषण प्राप्त गर्नेहरुको सूची करिब पाँच सयको संख्यामा रहेको छ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाणलगायत मन्त्रीगण र उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको छ।

  राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालाई सुप्रबल जनसेवाश्री मानपदवी प्रदान गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस   राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार नेपाल सरकारका मुख्यसचिव शङकरदास वैरागीलाई प्रसिद्ध प्रवल जनसेवा मानपदवी प्रदान गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस   राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार गायक प्रकाश शपुतलाई प्रबल जनसेवाश्री मानपदवी प्रदान गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस   राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार राजनीतिकर्मी तिलक परियारलाई प्रसिद्ध प्रबल जनसेवाश्री मानपदवी प्रदान गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस  राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार मुस्कान खातुनलाई जनसेवाश्री मानपदवी प्रदान गर्दै । तस्बिरः प्रदीपराज वन्त÷रासस   राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार नायिका केकी अधिकारीलाई प्रवल जनसेवाश्री मानपदवी प्रदान गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस  राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई …राष्ट्र गौरव’ प्रदान गर्दै । विसं २०७८ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको सो विभूषण आज प्रदान गरिएको हो । तस्बिरः प्रदीपराज वन्त÷रासस  राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार प्रधानसेनापति प्रभुराम शर्मालाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ प्रदान गर्दै । विसं २०७८ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको सो विभूषण आज प्रदान गरिएको हो । तस्बिरः प्रदीपराज वन्त÷रासस

प्रतिक्रिया दिनुहोस