Latest News

विप्लव समूहका यी दुई नेता प्रचण्ड भेट्न खुमलटारमा, के-के भयो कुराकानी ?

Nepalese Times April 14, 2022 (2 Year ago)    471 Views

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका दुई नेताले भेट गरेका छन् । बिहीबार नेकपा सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले खुमलटारमा गएर प्रचण्डसँग भेटे गरेका हुन् ।

‘नयाँ बर्ष २०७९को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल’ भेटबारे नेता बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहालसंग भेट सुस्वास्थ्यको कामना ।’

सो भेटमा माओवादी अध्यक्ष प्रचण्डले भने, मलाई खुसी लागेको छ, आज बिहान मात्रै पनि मैले नेकपाका केही शीर्ष नेताहरुलाई भेटेको छु । मलाई विश्वास छ उहाँहरु पनि सोच्नुहुन्छ । सिँगै समूह नै एकतावद्ध होस् भन्ने हाम्रो कोशिस छ ।’ उनले नेकपाका मूल नेतृत्वसँग एकताबारे छलफल गरे पनि पुनः माओवादीमै फर्किन लाज मानेको बताए ।

वली र बास्तोला दुवै स्थानीय चुनावमा जान नहुने पक्षमा छन् ।

‘केही समयअघि मुख्य नेतृत्वसँग पनि ध्रुवीकरणबारे निकै गम्भीर कुरा गरिएको थियो,’ प्रचण्डले भने, ‘तर हिजो अलि छिटै ठूलो हुने सपना, प्रचण्ड हुने सपना बोकेर हिँड्नु भएको केही साथीलाई अलिकति लाज भएको छ–फेरि त्यही जाने त भन्ने । क्रान्तिकारीहरुलाई त के लाजको कुरा हुन्छ र क्रान्तिकारी ध्रुवीकरण हुने कुरा । खुसीकै कुरा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस