Latest News

कमल थापालाई सूर्य चिन्ह दिएपछि रिसाए भीम रावल, उठाए कडा प्रश्न

Nepalese Times April 14, 2022 (2 Year ago)    1060 Views

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले पार्टीको चुनाव चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो भन्दै प्रश्न गरेका छन्। आगामी स्थानीय तह निर्वाचनमा राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने गरि एमालेसँग तालमेल भएको भोलिपल्ट नेता रावलले ‘के सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो र?’ भन्दै प्रश्न गरेका छन्।

‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे!’ बिहीबार सामाजिक सञ्जालमा रावलले प्रश्न गरेका छन्, ‘के सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो र?’

उनले यस्तो कामलाई ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो भन्दै टिप्पणी गरेका छन्। ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र!’ उनले भनेका छन्।

रावलले विहीबार सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ? के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र ।’

बुधबारमात्र एमाले र राप्रपा नेपालबीचको सहमतिमा सूर्य चिन्हबाटै चुनाव लड्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस