Latest News

यी हुन् ललितपुरको मेयरमा काँग्रेसबाट ८ जना आकांक्षी, कसले मार्ला बाजी ?

Nepalese Times April 14, 2022 (2 Year ago)    648 Views

ललितपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट ८ जनाले आकांक्षा देखाएका छन् । महानगरपालिकाका वर्तमान मेयर चिरिबाबु महर्जन, वर्तमान उपमेयर गीता सत्यालसहित ८ जनाले मेयरमा र उपमेयरमा ५ जनाको नाम सिफारिस भएको ललितपुर जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठका जानकारी दिए ।

त्यस्तै, अन्य मेयरका लागि प्रेमकृष्ण महर्जन, अनन्त श्रेष्ठ, चन्द्र महर्जन, शिवानन्द धाख्वा, भरतलाल न्याछ्यु, राजेश महर्जनको नाम सिफारिस भएको श्रेष्ठले जानकारी दिए । त्यसैगरी, उपमेयरमा रामकुमारी लिम्बु, भगवती शाही, मोद्वती केसी, फरिन्दा महर्जन, प्रविना शर्माको नाम सिफारिस भएको छ । यद्यपि केन्द्रले मौखिक रुपमा आकांक्षीहरुको सिफारिस केही समय होल्ड गर्न भनेकाले आकांक्षीहरु अझै बढ्ने सभापतिले बताए ।

कसलाई सिफारिस गर्ने भन्ने निर्णय यदि केन्द्रले गर्ने हो भने ३ देखि ४ जनाको मात्र नाम सिफारिस गर्नुपर्ने कुरा आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसको तयारीको लागि जिल्ला कार्यसमिति मै छलफल भइरहेको श्रेष्ठले बताए । आकांक्षीहरुको नाम कार्यसमितिले सिफारिस गरेर पठाउँछ ।

उनी भन्छन्, ‘आकांक्षी साथीहरुको सबैको नाम पठाउने वातावरण बन्दैछ । तर केन्द्रले मेयरबाहेक अन्य तहका नाम जिल्ला कार्यसमितिमार्फत निर्णय गर भन्यो भने यहीबाट निर्णय हुन्छ । हालसम्म सिफारिस भएकाहरु मध्येबाटै टिकट पाउने सम्भावना धेरै छ ।’

चैत २९ गतेसम्म नाम सिफारिस गर्नु भनेपनि पछि केन्द्रले मौखिक रुपमा होल्ड गर्नु भनेको छ । वडासम्म नै होल्ड गर्नु भनिएको हो । यति गतेसम्म भनेर समयसीमा तोकेको भने छैन । अहिले आएको वडाअध्यक्ष आकांक्षीहरुको नाम क्षेत्रमै होल्ड गर्ने, पालिकाका आकांक्षीहरु नाम पालिकामै होल्ड गर्नु भनिएको छ ।

त्यस्तै, महानगरको आकांक्षीहरुको नाम केन्द्रले निर्णय गर्छ भनिएको सभापति श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस